तीन कृषकलाई राष्ट्रपति कृषक पुरस्कार वितरण

तीन कृषकलाई राष्ट्रपति कृषक पुरस्कार वितरण

  • मङ्लबार, चैत्र १, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

भक्तपुर, १ चैत । जिल्ला कृषि विकास कार्यालयले तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ ।

नगरकोट नगरपालिका–८ खरिपाटीका कोमलप्रसाद तिमिल्सिना तथा चाँगुनारायण नगरपालिका–१७ झोखेलका प्रदीपराज पन्त र कृष्णजन्म दुवाललाई जनही रु १० हजार सहित पुरस्कृत गरेको हो

आज एक कार्यक्रमको आयोजना गरि  कृषि विकास राज्यमन्त्री राधिका तामाङले तीनै जनालाई पुरस्कृत गर्नुभएको हो । तिमिल्सिनाले १५ रोपनी जग्गामा फलफूलखेती, पन्तले अर्गानिक तरकारीखेती र पशुपालन तथा दुवालले १८ रोपनी क्षेत्रफलमा तरकारी उत्पादन गर्दै आएका छन् ।

कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव सुरेशबाबु तिवारी र स्थानीय विकास अधिकारी द्रोण पोखरेल, मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशक मीनप्रसाद बुढाथोकी, जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले आवश्यकता पहिचान गरेर अनुदान वा कृषि सामग्री वितरण गर्न सके मात्र सरकारी बजेटको प्रभावकारिता बढ्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी