होली खेल्दा आँखामा रंग जाने समस्या सबैभन्दा बढी पाइने गरेको छ । यसले गर्दा आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ । रंगले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्याउँछ । यो सेतो भागमा रंगले गर्दा रातोपना र घाउ हुन सक्छ ।
अबिरमा उपयोग गरिने टल्किने अभ्रखले कर्नियालाई हानि गर्न सक्छ । त्यहाँ घाउ हुन पनि सक्छ । आँखामा रंग वा कुनै रसायन परे तुरुन्त सफा पानीले अर्थात् उमालेर चिसो पारेको पानीले २० देखि ३० मिनेटसम्म धोइरहनुपर्छ । तर, आँखा धुँदा जोडले पानी छयाप्ने गर्नुहुन्न । समस्या झन् बढ्न सक्छ । दृष्टि धमिलो भए, आँखा दुखे वा रातो भए तुरुन्त नेत्र विशेषज्ञकहाँ जानुपर्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline