जुम्लाका महिला उद्यमी फापर उत्पादनमा आकर्षित

जुम्लाका महिला उद्यमी फापर उत्पादनमा आकर्षित

  • सोमवार, फाल्गुन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

जुम्ला, १६ फागुन ।
जुम्लाको पटमारा गाविसका महिला उद्यमी लघुउद्यम मार्फत फापर उत्पादनका सुरु गरेका छन् ।

प्रतिस्पर्धात्मक रुपले उत्पादन गर्ने उद्देश्यले पटमारा–२ का महिलाले लघुउद्यम सुरु गरि डाँफे, प्रगतिशील र महारुद्र नामका तीन समूह पनि गठन गरेका छन् ।

तीनै समूहमा रहेका महिलाको सक्रियतामा फापर अन्न तथा पिठो उत्पादनका लागि लघुउद्यम सुरु गरिएको डाँफे उद्यमी समूहका अध्यक्ष तारा बुढाले जानकारी दिनुभयो ।

कर्णाली क्षेत्रको रैथाने बालीको रुपमा रहेको फापरको महत्व नबुझी बेवास्ता गरिएका कारण लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षण र उत्पादन गर्न हामी लागिपरेको उद्यामीहरुको भनाई छ ।

पटमाराका महिलाले फापर उत्पादन वृद्धि गरेर आयआर्जन बढाउने लक्ष्य लिएकोे प्रगतिशील उद्यमी समूहका अध्यक्ष जानदेवी बुढाले बताउनुभयो ।

महारुद्र उद्यमी समूहका अध्यक्ष देवीकन्या बुढाले फापरको पुरिया बनाउने लेवल लगाउने र प्रशोधन गरेर बजार पु¥याउने काम गरेर महिलाको आर्थिकस्तर उकास्ने उद्देश्यले उद्यमी समूह गठन गरिएको बताउनुभयो ।

संयुक्त राष्ट्र संघीय विकास कोषको सहयोग र ग्रामीण परिवेश नेपाल, जुम्ला शाखाले सञ्चालन गरेको लघु पुँजीगत अनुदान कार्यक्रमअन्तर्गत फापरबालीसहित पिठो उत्पादन समेत गर्न महिलालाई उद्योगसम्बन्धी तालिम प्रदान गर्नुका साथै रु एक लाख १० हजारको ग्र्या्न्डिङ र तौललने उपकरण सहयोगस्वरुप उपलब्ध गराइएकोे आयोजक संस्थाका कार्यकारी निर्देशक अमर रोकायाले जानकारी दिनुभयो ।
जिल्ला कृषि विकास कार्यालयका बालीसंरक्षण अधिकृत चन्द्रबहादुर बुढाले फापर हिमाली क्षेत्रको बहुउपयोगी र अनिकालको अन्नबालीका रुपमा परिचित रहेको जनाउनुभयो ।

यसको उत्पादन वृद्धि गर्न जरुरी रहेकाले जुम्ला, मुगु, डोल्पा, हुम्ला, मनाङ र मुस्ताङलगायतका हिमाली जिल्लामा यसको खेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी