समयमै निकासा लिन डा. शर्माको आग्रह

समयमै निकासा लिन डा. शर्माको आग्रह

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

माघ २७ काठमाण्डौं । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) काआयोजना निर्देशक डा. गोविन्द प्रसादशर्माले अनुदान ग्राहीहरुलाई समयमै आफ्नो हिस्साको काम सम्पन्न गरी अनुदान सम्झौता बमोजिमको रकम निकासा लिन सुझाव दिनु भएको छ ।
प्याक्ट चौथो आह्वान अन्तर्गत पूरक अनुदानप्राप्तगर्ने उपआयोजनाका व्यवस्थापक तथा लेखापालहरुका लागि रुपन्देहीको मंगलापुरमा माघ २६ गते आयोजित उपआयोजना व्यवस्थापन तथा सञ्चालन सम्बन्धी तालिमका सहभागीहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो सुझाव दिनु भएको हो । आयोजना निर्देशक डा. शमाले अनुदानग्राहीलाई आफ्नो काम सम्पन्नगर्न कहिँकतैबाट कुनै समस्या आए आफू सहयोग गर्न तत्पर रहेको पनिबताउनुभयो । यस तालिममा रुपन्देही र कपिलवस्तु जिल्लाका २२ जना अनुदानग्राहीहरु सहभागी छन् । तालिम २ दिनचल्ने छ ।
मूल्य शृंखलाका आधारमा तालिम प्रदान गरिने आयोजना कार्यान्वयन सहयोग समूह, पोखराका प्रमूख बोम बहादुर थापाले जानकारी दिनु भयो ।
पहिलो तालिममा दुध तथा मासु मूल्यशृंखलामा आवद्ध अनुदान ग्राहीहरु सहभागी छन् । त्यस्तै दोस्रो समूहको तालिम कपिलवस्तुको तौलिहवामा माघ २८ र २९ गते आयोजनागरिने र उक्ततालिममा तरकारी तथा माछा मूल्यशृंखलामा आवद्ध अनुदानग्राहीहरु सहभागीहुने उहाँले बताउनु  भयो ।
तालिमको सुरुमा अनुदान प्रक्रियाबारेमा अनुदानग्राहीको बुझाइ जाँचगर्न पूर्व परीक्षा लिइएको थियो ।

त्यसपछि सुरु भएको २ दिनको अवधीमाविभिन्न १२ विषयमा विज्ञहरुले तालिम प्रदान गर्ने कार्यक्रम छ । तालिमका विषय मध्ये अनुदान व्यवस्थापन प्रणाली,उपआयोजनाको कार्ययोजना, मूल्य शृंखला तथा व्यवसायिक योजना, वातावरण तथा सामाजिक सुरक्षा,वित्तव्यवस्थापनतथा खरीद योजना, गुनासो व्यवस्थापन संयन्त्र, उपआयोजनामा पारदर्शिताको अभ्यास,खाद्य एनले तोकेका मापदण्ड, विषादीव्यवस्थापन र वीमा सम्बन्धीविषयमा सम्बन्धितविषयका विज्ञहरुले तालिम प्रदान गर्नेछन् ।

यसैगरी तालिम अन्त्यमा पूनपोस्ट ट्रेनिङ टेस्ट लिई प्रमाणपत्र प्रदानगरिने कार्यक्रम छ ।
यसका साथै आगामी२ साताभित्र देशका सम्पूर्ण भागमा समानान्तर सत्र सञ्चालन गरी तालिमप्रदानगरिने आयोजनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी