माघ २४ विराटनगर । सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले विरानगर स्थित एकीकृत कृषिथोक बजार निर्माण कार्यको नीरिक्षण गर्नु भएको छ ।
उक्तबजार कृषिविकास मन्त्रालयअन्तर्गत सञ्चालितव्यवसायिक कृषितथाव्यापार आयोजना ( प्याक्ट) को लगानीमाबन्नलागेको हो । उहाले २१ गते उक्त बजारको निरीक्षण गर्नु भएको हो ।
निरीक्षणका क्रममामूख्य सचिव सुवेदीले प्याक्ट जस्ता ठूला आयोजनाकाकारण कृषि क्षेत्रको व्यवसायिकरणमा सहयोग पुगेको बताउनुभयो ।
उहाँले तोकिएको अवधीमाबजार निर्माण सम्पन्नगर्न सम्बन्धितनिकायतथा ठेकेदारलाई निर्देशनपनिदिनुभयो । उहाँले कृषि क्षेत्रको व्यवसायिकरण तथाआधुनिकीकरणका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि सञ्चालनमा ल्याएको बताउनु भयो ।
बजार निर्माणको ठेक्का लामा रमण उपक्रमले पाएको छ । उक्त ठेकेदार कम्पनीले भूमी कन्स्ट्रक्सन प्रालिमार्फत काम गराउँदै आएको छ । कृषिथोक बजारको ठेक्का रकम १३ करोड ८६ छ । उक्तबजारमा एउठा मूख्यबजार भवनसहित ८० वटा बजार कबल निर्माण गरिने छन् ।

कार्यक्रममा प्याक्टका आयोजनानिर्देशक डा. गोविन्द प्रसादशर्माले बजार निर्माण समयमै सम्पन्नहुने बताउनु भयो ।
उहाँले निर्माण कम्पनीलाई कुनै पनि समस्याआएआफू सहयोग गर्न तत्पर रहेको वचनदिँदै समयमै काम सम्पन्न गर्न निर्देशन दिनु भयो ।
यसअघि गतमंसिर ९ गते कृषिविकास मन्त्रीगौरीशंकर चौधरीले उक्तबजारको शिलान्यास गर्नुभएको थियो ।
बजार निर्माणका लागि स्थानीय कटहरी माध्यमिक विद्यालयले ४ बिघा जग्गाउपलब्ध गराएको छ । उक्तजग्गा ५० वर्षकालागि भाडामा लिइएको हो । बजार निर्माणका लागि स्थानीय विद्यालय, जिल्ला कृषिविकास कार्यालय मोरङ, विराटनगर उपमहानगरपालिका, जिल्ला विकास समिति तथा स्थानीय बजार उपभोक्ता समितिबीच पाँच पक्षीय सम्झौता गरिएको छ ।