मोहन टुडु व्यवस्थापिका ससदका सासद छन् माओवादी केन्द्रका तर्फबाट । उनी ईतिहासमै सन्थाल जातिको दोस्रो सभासद पनि हुन् । बहुजातिय , बहुभाषिक मुलुक नेपालमा सन्थाल जाति आफ्नो अलग संस्कृति , रीति रिवाज र भाषा रहेको जाति हो । यसै जातिले बोल्ने भाषामा पहिलो चलचित्र निर्माण भएको छ वनोदल जसको अर्थ हुन्छ परिवर्तन ।
यसै चलचित्रमा अभिनय गरेका छन् सामाजिक अभियान्ता तथा माओवादी केन्द्रका सांसद मोहन टुडुले । उनी झापा हल्दीबारीका हुन् । झापा , मोरगं, सुनरीमा रहेको सन्थाल जाति नेपालको लोपोन्मुख जाति भित्र पर्दछ ।
निर्देशक किरण खतिवडाको अवधारणामा निर्माण भएको यस चलचित्रले सन्थाल समुदाय भित्रको विकृति विसंगती एवं अध्यात्मवादमा आधारीत कुरीतिहरु परिवर्तन गरी युग सुहाउदो परिवर्तनको मार्गमा अघि बढाउन यो चलचित्रले सन्देश प्रदान गरेको सासद तथा कलाकार टुडु बताउछन् ।

टुडु भन्छन् जसरी युग सुहाउदो परिवर्तन नँहुदा डाईनोसर लोप भयो त्यसै गरी आफूलाई परिवर्तित गर्दे नलाने हो भने भाषा संस्कृति र समुदाय नै लोप हुन सक्ने भएकाले सचेत गराउन चलचित्रले सन्देश दिन खोजेको छ । साथै शिक्षा परिवर्तनको लागि सबै भन्दा ठूलो कुरा हो भन्ने सन्देश पनि चलचित्रले दिएको छ ।

एकातिर राजनीति र अर्कोतिर कलाकारीताको माध्यमबाट अल्पसंख्यक सन्थाल लगायत समुदायको भाषा संस्कृतिको रक्षा र सम्वद्र्धनका लागि खटिरहेका टुडुलाई उनको अभियान सफलताको कामना छ ।
