अपच भएर पेट फुलेको छ ,यी कुरा नखानुहोस् !

अपच भएर पेट फुलेको छ ,यी कुरा नखानुहोस् !

  • बुधबार, माघ १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

एजेन्सी  । कहिलेकाहीँ खानपानमा गडबडी भएर अचानक पेट फुलेर आउँछ। पेट फुल्दा मानिसलाई साह्रै असहज हुन्छ। अपचले गर्दा पेट फुल्छ र केही खानेकुरा खान समेत मन लाग्दैन। यस्तो बेला बन्दागोभी र फुलगोभी खानु हुँदैन। यसमा कार्बोहाइड्रेट बढी हुन्छ र पेटमा ग्याँस पैदा गर्छ। तर, काँक्रो खानुहोस्। काँक्रोमा अत्यधिक मात्रामा फाइबर हुन्छ, फाइबरले पेट फुल्ने समस्या हटाउँछ।

लसुन नखाने किनकि यसमा ग्यास उत्पादन गर्ने ब्याक्टेरिया हुन्छ। तर, अदुवमा पेट नपोल्ने र एन्टी एमेटिक तत्व हुनाले खाँदा राम्रो।

यस्तै, प्याजमा पनि ग्याँस बढाउने तत्व हुन्छ। प्याज खाएपछि पेट फुल्छ। तर, पुदिना र धनियाँले पेटलाई हलुका बनाउँछ।

पेट फुल्दा गहुँको रोटी खानु हुँदैन। किनकि यसमा प्रशस्त कार्बोहाइड्रेड हुने भएकाले पेटमा ग्याँस बढ्छ। यसको सट्टा ओट मिल खानुपर्छ।

सफ्ट ड्रिङ्क खानु हुँदैन। यसमा हुने एसिडको मात्राले पेटलाई थप असर गर्छ। एसिडिटीले पेट फुलाउँछ। तर, फलफूलको जुस खानु उपयोगी हुन्छ। ताजा फलफूलको रसले पेटलाई हुलका बनाउँछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी