संचारकर्मी कमल सरगमले रिया श्रेष्ठलाई भने -किन नारी शब्दको बदनाम गर्दै छौ रिया ?(पढ्नै पर्ने लेख)

संचारकर्मी कमल सरगमले रिया श्रेष्ठलाई भने -किन नारी शब्दको बदनाम गर्दै छौ रिया ?(पढ्नै पर्ने लेख)

  • आइतवार, माघ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

कमल सरगम
हुनत देखाउनेले देखाइरहेको छ हेर्नेले हेरिरहेको छन बास बाहिर मात्रै बिरोध गर्नेहरु देखिन्छन ।भित्र भित्र बिरोध गर्नेलेनै आखा तानी तानी सोहि भिडियो हेर्न थाल्छन ।नेपाल बहुसास्कृतिक /बहुधार्मिक देश भन्ने कुरा अहिलेका कलाकारहरुले बुझ्न छाडिसकेको प्रष्ट भयो ।लगाएको कपडा खोलेर आफ्नो नारीत्वमा औला उठाउने ठाउ बनाए कलाकारहरुले ।नारी आमा /नारी धर्ती /नारी सरस्वती /नारी भगवती /नारी लक्ष्मी – यी नारी शब्दलाइ अपमान गर्ने काम आखिर किन हुन्छ ?के पुगेको छैन हाम्रो देशका डान्सरहरुलाई ?भिडियो बन्छ भाइरल हुन्छ ,कमाउने तिनै युटूब च्यानल बेहिजत तिनै नारी जसले आफ्नो बेहिजत भएको पनि पत्तो पाउदैन ।एक बोत्तल पीए पछी आफ्नो होस् गुमाउने आजका नारी भोलिको उज्यालोमा आफैले त्यो भिडियो हेर्न नसक्ने हुदा साहेद कति दुख लाग्ला ?
कुरो केहि दिन अगाडिको हो ,मलेसियामा धमाका मच्चाउन गएका नेपाली कलाकारहरुले आफ्नो शरीर मजाले प्रदर्शन गरे ।बिचरा दर्शक के हेर्न गएका थिए आखिर रिया श्रेष्ठको जवानी अझ भन्नु पर्दा खुल्दै गरेको कपडा हेरेर चित बुझाए । कहिलेकाही एस्तो कुरामा कलम नचाउ भन्ने हुन्छ तर मन मान्दैन ।”गीत ठमेल बजार”बज्दै थियो नाच्नेहरु ठेलमेल गरिरहेका थिए दर्शक पुरै चिच्याएर अझ जोसले कार्यक्रम हेरिरहेका थिए ।साथमा हास्य कलाकार इकु पनि रिया संग नाच्न पुगे नाच्दा नाच्दै रियाले गुप्त अंग छोप्ने कपडा बाहेक बाँकी सबै कपडा फ्याकिन ।कता कता दर्शकहरु अचम्मित मुद्रामा हेर्दै थिए त् कतिलेत् रियाको हात समात्न खोज्दै थिए ।स्टेज थाम्नै हम्मे हम्मे देखिन्छ भिडियोमा ।गीत संगीतको लागि धेरै संघ सस्थाहरु खुल्यो तर कसैले आवाज उठाएनन । सबै मौन छन ।बास सामाजिक संजालमा भिडियोका क्लिप्स भाइरल बन्यो ।धेरैले लेख्न थाले नेपाली चेलीले इज्जत फ्याकिन ।बिचारी रियालाई के थाह हामी नेपालीको बेहिजत भैरहेको छ ।सबथोक देखाउने प्रचलन नेपालमा भित्रिसकेको छैन तर तिमीले भित्र्याउदै छौ एस्तो प्रचलन ।
स्टेजलाइ अब स्टेज भनेर हैन डान्स बार भनेर नाम लिनु पर्ने भयो आयोजकले पनि ।नेपालबाट एति रेड भनेर डिमाण्ड गर्दै बिभिन्न देशका सहरहरुमा पुग्छन नेपालीहरु ,कतै लाग्छ आयोजकहरुले पनि देखाएबापत एति दिन्छु भनेर बार्गेनिङ गरेकात हुन्नन? अब नारीले के भनेर सम्मान गर्ने यी रियालाई ? कसरी बचाउने अब हाम्रो सास्कृति?कसरी चिनाउने हाम्रो मौलिक भेष भूसा ? हो भेष परिवर्तन होला तर भेषलाइ कसरी प्रयोग गर्ने भन्ने पनि सिक्न जरुरी छ ।हुनत एक्काईसौं सत्ताबीमा एस्तो काम खासै नौलो हैन भन्नेहरु पनि छन तर सार्बजनिक स्थलमा यसरी खुल्लेआम सबको आखालाई छारो हाल्ने काम रियाले गरिन जब मुख बन्द हुन्छ एस्तो बेहिमानी काम हुदै गर्छ ।आवज उठाउनेहरुलाइ पनि दबाब आउने गर्छ भने आवाज उठाउन छाड्छन पत्रकार मित्रहरु ।
यसले गलत हुन नजाओस तिम्रो अभियान फेल खाओस बास हामी नेपाली नेपाली नारीहरुको सिर उच्च हुने बनाउ ,तिम्रो कारण हाम्री चेलीले भोलिको दिनमा थप सस्थी खेप्न नपरोस ।

यसरी कपडा खोलेकी थिइन रियाले (भिडियो हेर्नुहोस)

https://www.youtube.com/watch?v=dZkfF53vIuY

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी