सहयोग कम भएपनि जोखिमपूर्ण अवस्थाका शरणार्थीलाई खाद्यान्न दिने

सहयोग कम भएपनि जोखिमपूर्ण अवस्थाका शरणार्थीलाई खाद्यान्न दिने

  • शनिबार, माघ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, १५ माघ ।

आर्थिक अनुदानको अभावका कारण संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) नेपालले सहयोग कम गर्न बाध्य भए पनि जोखिमपूर्ण अवस्थामा रहेका शरणार्थीका लागि भने खाद्यान्न सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

डब्लुएफपीले सन् २०१७ को सुरुवातसँगै आर्थिक अनुदानको चरम अभावका कारण नेपालमा रहेका भुटानी शरणार्थीका लागि उपलब्ध भइरहेको खाद्यान्नको मात्रा कम गर्न बाध्य भएको जनाएको छ । मानवीय सहायतामाथि निर्भर गर्ने भुटानबाट आएका शराणार्थीको सङ्ख्या हाल करिब ११ हजार रहेको छ ।

वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र एकल आमासहितका सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेका करिब तीन हजार १०० शरणार्थीका लागि भने डब्लुएफपीले पूर्ण मात्राको खाद्यान्न उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने सो कार्यालयद्वारा शुक्रवार जारी विज्ञप्तिमा जनाइएको छ ।

डब्लुएफपीकी प्रतिनिधि तथा राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले खाद्यान्नको हिसाबले सबैभन्दा असुरक्षित र जोखिमपूर्ण अवस्थामा रहेका शरणार्थीलाई प्राप्त पूर्ण सहयोगलाई निरन्तरता दिने बताउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

डब्लुएफपीले पूर्वी नेपालका शिविरमा बसोबास गर्ने भुटानी शरणार्थीलाई सन् १९९२ देखि खाद्यान्न सहयोग उपलब्ध गराउँदै आइरहेको डब्लुएफपी नेपालका सञ्चार अधिकृत शीताष्मा थापाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी