चितवन, ११ माघ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा बीउ प्रशोधन एकाइको स्थापना गरिएको छ । नेपालमा बीउ व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त प्रशोधन एकाईको राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा गीताभक्त जोशीले उद्घाटन गर्नुभयो ।
एकाइमा गहुँको अनुवांशिकी प्राप्ति हस्तान्तरण परियोजना (डि जी जी डब्लु) अन्तर्गत बिल एन्ड मेलिन्दा गेट्स फाउण्डेसन र बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको संयुक्त लगानी र सहयोग रहेको छ ।
सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य जोशीले यस एकाइको दिगो विकासका लागि स्थानीय कृषकले सहयोग गर्नु पर्ने आवश्यकता औल्याउँदै यसले कृषकलाई उन्नत बीउ प्राप्त गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline