काठमाण्डौ ,७ माघ ।
व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) का आयोजना निर्देशक डा. गोविन्द प्रसाद शर्मा र विश्व बैंककी ग्लोबल प्रोडक्ट स्पेसलिस्ट एलेन ओलाफ्सेनबीच माघ ७ गते भेटवार्ता भएको छ ।
एलेन स्थापनको तयारीमा रहेको कृषि व्यवसाय सम्वद्र्धन केन्द्र ब्नचष्दगकष्लभकक ष्ललयखबतष्यल अभलतभच ब्द्यक्ष्ऋ लाई प्राविधिक सहयोग गर्नेबारे छलफल गर्न विश्व बैंकको मिसनमा सहभागी भएकी हुन् ।
भेट वार्तामा इन्फोडेभले एबीआईसीलाई गर्न सक्ने सहयोगबारे छलफल भएको थियो ।
एबीआईसीले साना उद्यमीलाई व्यवसाय अभिवृद्धि सम्बन्धी परामर्श सेवा प्रदान गर्नेछ । परामर्श सेवा दिनका लागि प्राक्टिकल एक्सन यूकेलाई छनोट गरिएको छ । इन्फोडेभले विश्व बैंककै अर्को निकाय इन्टरनेसनल फाइनान्स कर्पोरेसनमार्फत एक अर्ब ४० करोड रुपैयाँको उद्यमी सहयोग कोष पनि खडा गरेको छ । उद्यम अभिवृद्धिका पैसाको कमी भएका व्यवसायीहरुलाई आर्थिक सहयोगसमेत उपलब्ध गराइने छ ।

आयोजना निर्देशक डा. शर्माले एबीआई सञ्चालनका लागि कृषि विकास मन्त्रालय तथा प्याक्टका कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अनुदानग्राहीहरुलाई भारतका विभिन्न सहरमा स्थापित त्यस्ता केन्द्रहरुको भ्रमणमा पनि पठाउन सकिने बताउनुभयो ।
भेट वार्तामा इन्फोडेभका परामर्शदाताहरु पनि सहभागी थिए । यसैगरी प्याक्टका पदाधिकारी तथा विषयगत विज्ञहरु पनि सहभागी थिए ।
यसअघि सेवा प्रदायक संस्था प्राक्टिकल एक्सन टिमको समूहले एबीआईसीको सेवा प्रदान गर्ने प्रारम्भिक मोडालिटी प्रस्तुत गरेको थियो । उक्त सेवा आगामी अप्रिल महिनाबाट सुरु गरिने आशा गरिएको छ ।