स्याङ्गजामा सुन्तला जोन, पहिलो चरणमा जिल्लाका ५ स्थानमा काम सुरु

स्याङ्गजामा सुन्तला जोन, पहिलो चरणमा जिल्लाका ५ स्थानमा काम सुरु

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाण्डौ,६ माघ ।

स्याङ्गजामा सुन्तला जोन संचालन हुने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्गजामा सुन्तला जोन संचालनमा ल्याउन लागिएको हो ।

५ सय हेक्टरभन्दा बढी जग्गामा खेती भए जोन र १ हजार हेक्टरभन्दा बढीमा भए सुपरजोन परियोजना लागू गरिन्छ। यद्दपी स्याङ्गजामा १ हजार २ सय ७० हेक्टरमा सुन्तला खेति गरिने भएपनि जोन परियोजना अन्तर्गत नै संचालनमा ल्याइने भएको छ ।

यस परियोजनाले जिल्लाका पुतलीबजार, भीरकोट नगरपालिका र एलादी, ठूलाडिही र अर्जुनचौपारी गाविस गरी ५ स्थानमा काम गर्ने भएको छ । परियोजनाले उत्पादन, उपादकत्व वृद्धि, कृषिमा यान्त्रिकीकरण, पूर्वाधार विकास र निर्यात योग्यवस्तु उत्पादनमा जोड दिने परियोजना स्याङ्जा एकाइका प्रमुख विनोद हमालले जानकारी दिएका छन।

मनकामना, रापाकोट, पेलाकोटलगायत सुन्तला उत्पादन हुने अन्य भागलाई समेत यस योजनामा समावेश गरिदै लगिने उनले बताए । चालु आर्थिक बर्षमा यस परियोजनाका लागि २५ लाख बिनियोजन गरिएको छ।

जस अन्तर्गत प्रतिफलमा आधारित प्रोत्साहनका लागि १५ लाख, कृषि उपकरण खरिदमा २५ लाख र साना सिँचाइमा १० लाख बिनियोजन गरिएको छ । स्याङ्जामा ३ हजारभन्दा बढी कृषक सुन्तला व्यवसायमा संलग्न छन्।

स्याङ्गजाका कृषकले यस वर्ष मात्रै ११ हजार ५ सय २० टन सुन्तला बिक्रीबाट ३५ करोड रुपैयाँभन्दा बढी किसानले आम्दानी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी