बच्चालाई ६ महिना सम्म आमाको दुध खुवाउनै पर्छः डा. प्रभादेवी क्षेत्री , अल्का अस्पताल जावलाखेल

बच्चालाई ६ महिना सम्म आमाको दुध खुवाउनै पर्छः डा. प्रभादेवी क्षेत्री , अल्का अस्पताल जावलाखेल

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 31.7K
    SHARES

बढ्दो कार्यव्यस्तता एवं विभिन्न कारणले पछिल्लो समय भर्खरै जन्मिएका बच्चाहरु बढी ल्याक्टोजिन लगायतका बस्तुको सेवन गराईन्छ , यसले बच्चामा ईम्युनिटी पावरमा समस्या आउन थालेको देखिन्छ । बच्चा सानैदेखि स्वस्थ्य भएन भने ठूलो भए पछि पनि विभिन्न समस्याहरु आउन सक्छ । अहिले मौसम परिवर्तनको समयमा पनि बच्चाहरुमा विविध खाले भाईरलहरु देखिएका छन् । यसै विषयमा हामीले अल्का अस्पतालमा कार्यरत बालरोग बिशेषज्ञ डा. प्रभादेवी क्षेत्रीसगँ कुराकानी गरेका छौं :

मौसम परिवर्तनका समयमा बालबालिकामा कस्तो समस्या देखिन्छन् ?
मौसम परिवर्तन सँगै अहिले चिसो बढेको छ । यो समयमा सामान्यताया बच्चामा भाईरल ईन्फेक्सन हुन्छ । मुख्यतयाः रुघा लाग्ने , सिगान बग्ने ,हल्का खोकि लाग्ने र ज्वरो आउछ । जसलाई हामि भाईरल ज्वरो भन्ने गछौ । धेरै जसो ५ बर्ष मुनिका बालबालिकालाई ईफेक्सन हुन्छ ।तर २ बर्ष भन्दा मुनिका बच्चालाई भने ईन्फेक्सन भएकाबेला ध्यान पुर्याउन सकिएन भने छिटै निमोनियाले हुन सक्ने सम्भावना हुन्छ । जसलाई बोङकाईटिस्ट भन्ने गरिन्छ । यसले गर्दा खोकि लाग्ने , छिटो छिटो स्वास फेर्ने , बाहिर नै आवाज आउने गरि घ्यार घ्यार हुने जस्तो लक्षण देखिन सक्छन् । यस्तो गम्भिर समस्या देखिएमा तुरुन्त अस्पताल लैजानु आवश्यक हुन्छ ।
भाईरल हावाबाट सर्ने रोग भएकाले हच्छ्युँ गर्दा, नजिकै बस्दा, ज्वरो आएको व्यक्तिले प्रयोग गरेको रुमाल अर्को व्यक्तिले प्रयोग गर्दा यो रोग एकापसमा सजिलै सर्छ । चिसो कै कारण २ बर्ष भन्दा मुनिको कतिपय बच्चालाई भाईरल डाईरिया पनि हुन्छ । भाईरल डाईरिया  भएको बच्चालाई हल्का रुघा खोकि , ज्वरो अनी डाईरिया हुन्छ । पेट दुख्ने हुदैन , सहजै रुपमा पातलो दिशा दैनिक १० देखि १५ चोटि सम्म गर्छन् । कसैले हल्का वान्ता पनि गर्छन । यस्तो लक्षण भएमा खास डराउनु र एन्टिवायोटिक औषधिको प्रयोग गर्नुपर्दैन । सफा पानीमा जिवनजल बनाएर खुवाएमा ठिक हुन्छ ।

के कारणले भाईरलको संक्रमण हुन्छ ?
चिसो बढेसँगै हावामा किटाणुु सक्रिय हुन्छन् र पानीको मात्रा पनि बढी हुन्छ । गर्मिमा किटाणु हावामा बस्न सक्दैनन् मर्छन् तर चिसोमा पानी र उनीहरुको तापक्रम मिल्ने भएकाले बृद्धि हुन्छ । सोहि कारणले बच्चाहरु बिरामि पर्छन् ।

नेपालमा बाल मृत्युदरको कारणहरु के के हुन् ?
नेपालमा बाल मृत्यु दरका मुख्यतया पाचँ कारण छन् । जसमा निमोनिया , झाडापखाला (डाईरिया) ,कुपोषण , स्वास प्रस्वास र क्रोमोजोमको गडबडि रहेका छन् । यो सँगै अन्य थुप्रै कारणहरु पनि छन् । बढी बालबालिकालाई भाईरल संक्रमणले नै बिभिन्न समस्या आउछ ।  रुघाखोकिका कारणले बच्चामा निमोनिया भए उसको मृत्यु हुने सम्भावना भएकाले यस्तो अवस्थामा हेलच्याक्राई नगरि तुरुन्त अस्पताल लैजानुपर्छ ।
यस्तै बच्चाले हाल चलाउने तथा जे हातमा आयो त्यही मुखमा लगेर खाने गर्दा पाचन प्रणालीमा जाना साथ थुप्रै भाईरस ब्याक्टेरीया एमिवा तथा एक कोषीय जीवाणुहरुले संक्रमण गर्ने र रोग लाग्ने  र झाडापखाला (डाईरिया) हुने गर्छ । यस्तै शहरी क्षेत्रमा कम भएपनि पहाडि र तराई क्षेत्रमा कुपाषणको कारणले बच्चाको मृत्यु हुने गरेको छ ।

अहिले कामकाजी महिलाहरुले बच्चालाई स्तनपान नगराई कृतिम दुध खुवाउने चलन छ ।  यसले बच्चाको स्वास्थ्यमा कस्तो असर पुयाउछ ?

सानो बच्चामा ईम्युनिटिको पावर कम हुन्छ । सोहि कारण उनीहरु धेरै बिरामि हुन्छन् । पाँच बर्ष मुनिका बच्चाहरुसँग रोगसँग लड्न सक्ने क्षमतामा कमि हुन्छ । उमेर अनुसार ईम्युनिटि (रोग प्रतिरोकात्मक क्षमता ) बढ्ने हो । बच्चाले यस्तो ईम्युनिटि आफ्नै शरिर बाट र आमाको दुधबाट पाउछ ।
कुनै प्रकारको सामान्य संक्रमण भयो भने शरिरले आफै त्यो रोगसँग लड्न सक्ने क्षमताको विकास गर्छ र ठिक हुन्छ तर फेरी त्यस्तै या त अन्य जटिल संक्रमणसँग लड्नका लागी आमाको दुध आवश्यक पर्छ । आमाको दुधमा नै खाना पानी र सबै आवश्यक पर्ने सबै तत्वहरु प्राप्त हुन्छ । त्यसले नै रोगसँग लड्न सक्ने शक्ति प्राप्त हुन्छ । डब्लु एच ओ का अनुसार पनि ६ महिनासम्म आमाको दुध बाहेक पानी पनि दिन हुदैन ।
अहिलेसम्म नेपालमा आमाको बिगौति दुध कटाएर प्याकेटको दुध मात्रै खुवाउने प्रचलनले अझै सम्म व्यापकता पाएको छैन तर कसै कसैले दुध पुगेन , या व्यस्त भए भनेर खुवाउनु हुन्छ । त्यो गलत हो । यसले बच्चाको स्वास्थ्य तथा शारीरीक र मानसिक बृद्धि विकासमा असर पुयाउनुका साथै छिटो रोगको संक्रमण हुन्छ ।

डब्लु एच. ओ ले भनेअनुसार नै नेपाली आमाहरुले बच्चालाई स्तनपान गराउन सम्भव छ त ?
त्यो त पक्कै पनि छैन । अफिसमा जाने महिला होस् या घरमा बसेर काम गर्ने गृहिणी । ६ महिनासम्म दैनिक २÷ ३ घण्टाको फरकमा स्तनपान गराउनुपर्ने हुन्छ तर आमाले त्यो सक्दैनन् ।
घरमा नजिकै हुनेहरुलाई त सम्भव होला तर ग्रामिण भेगमा खेति किषान गर्नेहरुलाई टाडा टाडा गएर काम गर्नुपर्नेहुन्छ बच्चा लैजान सकिदैन ।
त्यस्तै नजिकै अफिस हुदैन भएपनि  दुई घण्टाको फरकमा बच्चालाई दुध पिलाउन जान दिईदैन । त्यसैले कठिन छ । तर पनि हामिले बच्चालाई समय मिलाएर खुवाउने प्रयास गर्नुपर्छ  ।

बच्चामा आउने ठेउला (चिकेन फक्स) के कारणले हुन्छ ?
भाईरल ईन्फेक्सन नै हो यो पनि । बच्चाले ईम्युनिटिको विकास भएको छ भने हुदैन नत्र हुन्छ । ठेउला हावाबाट सर्ने सरुवा रोग हो । त्यो सँगै शरीरमा निस्कीएका बिबिरा फुटेर अर्को बच्चाको छालामा पानीले छोयो भने पनि सर्छ । यो बच्चालाई एक पटक अनिर्वाय हुन्छ । ऊ ठुलो भएपछि पनि एकपटक आउन सक्छ तर अर्को पटक भने आउदैन ।

बच्चालाई लगाईने खोप कक्तिको अनिर्वाय छ ?

हाम्रो देशमा खोपको सेवा अहिले राम्रो छ । सरकारले नै  निशुल्क रुपमा खोप उपलब्ध गराएको छ । यसले गर्दा बच्चालाई रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गर्छ । पैसा तिरेरै लिन पर्ने पोप सबैस्थानमा उपलब्ध नहुन सक्छ । तर बच्चालाई नियमित रुपमा अनिर्वार्य खोप लगाउनुपर्छ ।

बच्चामा नै क्यान्सर किन हुन्छ ?
क्यान्स धेरै प्रकारका हुन्छ । यसको कारणले नै क्यान्सर भयो भनेर एकिनका साथ अहिलेसम्म कुनै टेष्टले छुट्याउन सकेको छैन  । बंसाणुत रुपमा हुने क्यान्स बढी देखिएको छ  । त्यो बाहेक वारतावरणीय कारणले बिभिन्न भाईरस , क्यामिकलका कारण पनि हुन्छ  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी