नेपालमा अदुवा उत्पादनको सम्भावना, अवसर तथा चुनौती बारे विभिन्न पक्षबीच छलफल भएको छ । छलफलमा अदुवाउत्पादक, प्रशोधक, व्यापारी तथा नियामक निकायका पदाधिकारी तथा विज्ञहरु सहभागी थिए । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले माघ ३ गते काठमाडौं माआयोजना गरेको अदुवा मूल्य शृंखला गोलमेच बैठकमा सहभागीहरुले उक्त विषयमा छलफल गरेका हुन् । बैठकको उद्घाटन सत्र आयोजनानिर्देशक डा. गोविन्द प्रसादशर्माको अध्यक्षतामा आयोजना गरिएको थियो ।
उक्त बैठकमा कृषिव्यवशाय प्रवद्र्धन तथाबजार विकास निर्देशनालयका कार्यक्रम निर्देशक लक्ष्मण पौड्याल,कृषि वस्तु निर्यात प्रवद्र्धन कार्यक्रमका प्रमूख काञ्चनराज पाण्डे, तरकारी विकास निर्देशनालयका कार्यक्रम निर्देशक डा.हरिबहादुर केसी, विश्व बैंकका वरिष्ठ कृषि अर्थशास्त्री डा. प्याट्रिक भेरिसिमो, विश्व खाद्य तथा कृषि संगठनका मूल्य शृंखला विज्ञ टोनी ग्लेजर लगायतका महानुभावहरुले आ आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको दोस्रो शत्रमा प्राविधिक कार्यपत्रहरु प्रस्तुत गरिएका थिए ।
उक्त शत्रमा अदुवा उत्पादक किसान बुद्ध दोर्जे तामाङले अदुवाको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि फार्मस्तरका समस्याहरु बारे आफ्ना अनुभव सुनाउनु भयो भने उहाँको अनुभव माथि कृषिविकास मन्त्रालयका वरिष्ठ अर्थशास्त्री डा.रुद्रबहादर श्रेष्ठले टिप्पणी गर्नु भएको थियो । त्यस्तै अन्नपूर्ण एग्रो इन्डस्ट्रिज कपिलवस्तुका सञ्चालक फर्सुरामआचार्यले अदुवाप्रशोधनको वर्तमानअवस्था, चुनौतीतथा सम्भाव्यतामाथिकार्यपत्र प्रस्तुतगर्नु भयो ।
उहाँको कार्यपत्रमाथि कृषिविकास मन्त्रालयको बजेट शाखाकाप्रमूखशंकर सापकोटाले टिप्पणी गर्नुभयो ।
यसैगरी राष्ट्रिय मसलावालीविकास कार्यक्रमकानिमित्तनिर्देशक राजेन्द्रनाथअधिकारीले नेपालमाअदुवाउत्पादनका क्षेत्रमाप्रविधी हस्तान्तरण तथा वर्तमान अवस्था विषयककार्यपत्र प्रसतुत गर्नु भयो । उहाँको कार्यपत्रमाथि डा. कृषि अर्थशास्त्री गोविन्दप्रसाद शर्माले टिप्पणी गर्नु भयो । कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिकातर्फबाट समितिका उपनिर्देशक विनय श्रेष्ठले कालीमाटी बजारमाअदुवाको बजारीकरणको अवस्थामाथिकार्यपत्र प्रस्तुतगर्नु भयो ।
उहाँको कार्य पत्रमाथि वरिष्ठ वालि संरक्षण अधिकृत महेश आचार्यले टिपपणी गर्नु भयो । यसैगरी अदुवा विशेषज्ञ वुद्धिप्रकाश शर्माले अदुवा अनुसन्धान तथा उत्पादनका उपलब्धीहरु, सम्भावना, अवसर तथा चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेपछि त्यस कार्यपत्रमाथि कृषि अर्थशास्त्री डा. महादेव पौड्यालले टिप्पणी गर्नु भएको थियो ।
बैठकमा अर्को कार्यपत्र कृषि वस्तु निर्यात प्रवद्र्धन कार्यक्रमका प्रमूख काञ्चनराज पाण्डेले नेपालमा अदुवा निर्यातको अवस्था,सम्भावना, अवसर तथाचुनौतीविषयककार्यपत्र प्रस्तुतगर्नुभयो । उहाँको कार्यपत्रमाथिकृषि अर्थशास्त्री लक्ष्मण पौड्यालले टिप्पणी गर्नुभयो ।