काठमाण्डौ । स्वाद अचार मसला उद्योगले नेपाली बजारमा पहिलो पटक आफ्नो नौलो उत्पादन नेपालको पहिलो तयारी अचार मसला स्वाद अल परपोज अचार मसला उपभोक्ता माझ ल्याइएको छ ।
यस मसालाको मद्धतले अचार बनाउन अति नै सजिलो भएको छ र अचार बनाउदा थप मसला वा नुनको प्रयोग गर्नु पर्दैन । उपभोक्ताले आफूले चाहेको जुनसुकै फलफूल वा तरकारीको अचार यस मसलाको मद्धतले बनाउन सक्नुहुन्छ ।
मसाला प्रयोग गर्ने विधि
तरकारी (काउली, गाजर, लसून, अदुवा इत्यादि) वा फलफूल (आँप, कटहर, लप्सी, अमला इत्यादि) १किलो + १०० ग्राम अल परपोज अचार मसला + तोरीको तेल । यस मसलाबाट मासु, माछा र च्याउको मिठो अचार पनि बनाउन सकिन्छ साथै दैनिक भान्छामा तरकारी पकाउदा पनि यस मसलाको प्रयोग गर्न मिल्छ । कामकाजी दिदी बहिनीका साथै अचार बनाउन जान्दै नजान्नेले पनि यस मसलाको प्रयोगले स्वादिष्ट र स्वास्थ्यवद्र्धक अचार अत्यन्तै सजिलो तरिकाले घरमा बनाउन सक्नुहुन्छ ।
भान्छामा दैनिक जसो तयारी अचारको प्रयोग बढ्दो छ । समय अभाव वा अचार बनाउन नआउनुले गर्दा बजारमा उपलव्ध वर्षौ पुरानो गालेको अचार खानु हाम्रो वाध्यता छ । त्यसैले तयारी अचार मसला आजको व्यस्त जीवन शैलीमा प्रत्येक भान्छाको आवश्यकता भएको र नेपाली बजारमा तयारी अचार मसलाको रहि आएको अभाव पूर्ति गर्ने उद्देश्यले यस उद्योगले उपभोक्ता माझ ल्याएको छ । देश विदेशमा बसोवास गर्ने नेपालीहरु लाई यो तयारी अचार मसला दैनिकी जीवनमा अत्यन्तै उपयोगी र आवश्यक देखिएको छ । १० प्रकारको विभिन्न मसला जस्तै सरस्यू, सौफ, खुर्सानी, जीरा, धनीया, मेथी, बेसार, मुंगरेलो, हिंग र नूनको मिश्रणबाट उत्पादित यस मसलामा कुनै पनि किसिमको अखाध्य वस्तुको प्रयोग गरिएको छैन ।
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर राखी यस स्वाद अचार मसला उद्योगले आफ्नो उत्पादनको शुद्धतामा विशेष ध्यान पु¥याइरहेको छ । मसलाको प्रत्येक बटृामा अचार बनाउने विधि लेखिएको छ साथै बटृा भित्र पनि रेसिपी स्लिप राखिएको छ । यस उत्पादनलाई देश विदेशमा बसोवास गर्ने नेपालीहरुलाई उपयोगी उत्पादनको रुपमा लिन सकिन्छ । यो मसला उपत्यका भित्रका मार्टहरु तथा विभिन्न आउटलेटहरुमा समेत उपलव्ध हुने कुरामा स्वाद अचार मसला उद्योगकि संचालिका ज्योति थापाले बताइन् ।