दाङ, २ माघ ।
दाङमा यसवर्ष एक लाख ६९ हजार १०८ मेट्रिक टन धान उत्पादन भएको छ ।
यसबर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालले बताउनु भयो ।
वर्षा समयमै हुनु, उपयुक्त समयमा रासायनिक मल उपलव्ध हुनु र वर्षात नियमित भएकाले धान उत्पादन बढेको उहाले बताउनु भयो ।
कुल ३८ हजार १०० हेक्टर जमिन धानखेती हुँदै आएकामा यसवर्ष ३६ हजार ५०० हेक्टर जमिनमा मात्रै धानखेती भएको कार्यालयले जनाएको छ । जिल्लामा विन्देश्वरी, राधा सात, मन्सुसीजस्ता उन्नत जात तथा अन्य हाइब्रेट धान किसानले लगाउँदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline