पर्यटन नेपाली अर्थतन्त्रको महत्वपूर्ण पाटोः चिनिया राजदूत यु होङ्ग

पर्यटन नेपाली अर्थतन्त्रको महत्वपूर्ण पाटोः चिनिया राजदूत यु होङ्ग

  • बिहिबार, पुस २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, २७ पुस ।

नेपालका लागि चिनिया राजदूत यु होङ्गले पर्यटन नेपाली अर्थतन्त्रको महत्वपूर्ण पाटो भएको बताएकी छन् । नेपाली पर्यटन व्यवसायीहरुका लागि आयोजना गरिएको ६ महिने चिनिया भाषा प्रशिक्षण कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै राजदूत यु होङ्गले अद्वितीय प्राकृतिक छटा, पूरानो इतिहास, मौलिक संस्कृति र विश्व सम्पदा सूचिमा सूचिकृत स्थलहरुले पर्यटन संसाधनमा नेपाल धनी भएको बताईन् ।

बुधवार साँझ नेपाल पर्यटन वोर्डमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत यु होङ्गले भाषाले दुबै देशको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण सहयोग गर्ने भन्दै चिनिया भाषा प्रशिक्षण प्राप्त नेपाली पर्यटन व्यवसायीहरुबाट दुई मुलुकबीचको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

सन् २०१४ मा नेपाल भ्रमण गर्ने चिनिया पर्यटकहरुको संख्या १ लाख ४० हजार रहेकोमा सन् २०१५ को महाभूकम्पका कारण सो संख्या ६० हजारमा सीमित रहेको बताईन् । साथै राजदूत यु होङ्गले सन् २०१६ मा नेपाल भ्रमण गर्ने चिनिया पर्यटकहरुको संख्या ९० हजार रहेको भन्दै पुनःनिर्माण पश्चात सो संख्यामा उल्लेख्य रुपमा वृद्धि हुने विश्वास व्यक्त गरिन् ।

सो समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव शंकर प्रसाद अधिकारीले नेपाल र चीन सांस्कृतिक तथा भाषिक हिसाबले अत्यन्त नजिक रहेको बताए । चीन र भारत नेपालका अत्यन्त निकट छिमेकी रहेको प्रसङ्ग उल्लेख गर्दै सचिव अधिकारीले २१ औँ शताब्दीमा चीन र भारतले गरेको उपलब्धि महत्वपूर्ण रहेको जानकारी दिए । साथै सचिव अधिकारीले आउँदा दिनहरुमा चिनिया भाषा जान्नेहरुले महत्वपूर्ण अवसर प्राप्त गर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि चीन सरकार र चिनिया दूतावासले दिएको निरन्त सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि नेपालको पर्यटक उद्योगको प्रवद्र्धनका लागि चीन सरकारबाट सक्दो सहयोगको अपेक्षा गरे ।

सोही समारोहमा बोल्दै नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिचन्द्र शाहले ६ महिनासम्म सञ्चालन गरिएको चिनिया भाषा प्रशिक्षण कार्यक्रम महत्वपूर्ण रहेको भन्दै नेपाल र चीनबीच प्राचीन कालदेखि नै घनिष्ट सम्बन्ध रहेको बताए । साथै अध्यक्ष शाहले नेपालको भौतिक पूर्वाधार, शिक्षा, संस्कृति, स्वास्थ्य तथा आर्थिक विकासमा चीन सरकारले सहयोग पुर्याउदै आएको समेत बताए । भाषा प्रशिक्षार्थीहरुले प्राप्त गरेको ज्ञानले नेपालको पर्यटन क्षेत्रको विकास सँगसँगै दुवै मुलकबीचको जनस्तरको सम्बन्ध विस्तारमा टेवा पुर्याउने बताए ।

समापन समारोहमा चिनिया भाषा प्रशिक्षार्थीहरुले चिनिया गीतसंगीत समेत प्रस्तुत गरेका थिए । गत वर्षको जुलाई १२ तारिखबाट सुरु भएको ६ महिने चिनिया भाषा प्रशिक्षण कार्यक्रममा ४० जना पर्यटन क्षेत्रसँग आवद्ध महानुभावहरुको सहभागीता रहेको थियो ।

भाषा प्रशिक्षण कक्षा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनिया राजदूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले संयुक्त रुपमा सञ्चालन गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी