थोपा सिँचाई प्रविधिको विस्तार सहयोग गर्ने कृषिमन्त्रीको प्रतिबद्धता

थोपा सिँचाई प्रविधिको विस्तार सहयोग गर्ने कृषिमन्त्रीको प्रतिबद्धता

  • बिहिबार, पुस २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ ,२८ पुस ।

नेपालको एक मात्र थोपा सिँचाई प्रविधि उद्योगमा औपचारीक भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

देशको मेरुदण्ड मानिने कृषिको स्तरोन्तर गर्न तथा व्यवसायिक बनाउने अभियान स्वरुप वि.स. २०५५ सालदेखी कम मुल्य पर्ने थोपा सिँचाई प्रविधि र माइक्रो स्प्रिङकलर प्रविधिको उत्पादन तथा विस्तार गर्दै आएको सितल थोपा सिँचाई प्रविधि उद्योगमा गरीएको औपचारीक भ्रमण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहका कृषि विकास मन्त्री गौरीशंकर चौधरीले कम खर्चमा पनि थोपा सिँचाई प्रविधि उपयोग गरी कृषिमा उत्पादन बढाउन सकिन्छ र कृषकको आम्दानीमा वृद्धि गर्न सकिन्छ भन्ने सन्देश कृषक सम्म पु¥याउन तथा यो प्रविधिलाई विस्तार गर्न आफु मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने कुरा प्रतिबद्धता जाहेर गरेका थिए ।

मन्त्री चौधरीले आँफुले थोपा सिँचाई प्रविधि प्रयोग गरेर सुरु गरीएका ठुला–ठुला कृषिका फार्महरु भ्रमण गरेको तर ति उत्पादित सामाग्रीहरु यो उद्योगमा उत्पादन गरीरहेकै समयमा प्रतक्ष्य देख्न पाँउदा अत्यन्तै खुशी लागेको कुरा समेत थपेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहेका यु.एस.एड विनरक इन्टरनेशनल का चिफ अफ पार्टी .फिल ब्रानटोनले नेपालमा यसरी अनवरत रुपमा थोपा सिँचाई प्रविधिलाई आवश्यक पर्ने सामाग्रीहरु उत्पादन गरीरहेको र साना तथा कम आयस्तर भएका नेपालीलाई आयस्तर वृद्धि गर्न सहयोग गर्ने कुरा राखेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहेका आइ.डि.ई नेपालका निवर्तमान सिनियर इन्जिनियर दिपक लोचन अधिकारीले यो प्रविधि नेपाली किसानलाई सुहाउने तथा सरल र सस्तो भएको कारणले पनि किसानको लागि लाभदायक हुने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा सभापतिका रुपमा रहेका सितल थोपा सिँचाई प्रविधि उद्योगका सह निर्देशक रोहित थापाले कम खर्चमा पनि थोपा सिँचाई प्रविधि उपयोग गरी कृषिमा उत्पादन बढाउन सकिन्छ भन्ने सन्देश कृषक सम्म पु¥याउन सबै क्षेत्रको महत्वपुर्ण भुमिका रहने र राज्यबाट यस्ता प्रविधिहरुलाई सहयोग हुने कुरा औँल्याएका थिए ।

यसै उद्योगका प्रविधि व्यवस्थापक राजन गैरेले यो प्रविधिले किसानहरुको आयस्तर वृद्धि निकै सहयोग गरेको कुरा सार्थक पारेका थिए । कार्यक्रममको संचालन एग्रो टाइम्सका प्रबन्ध निर्देशक अशिम सापकोटाले गरेका थिए । यो कार्यक्रमका संयोजक सितल थोपा सिँचाई प्रविधि उद्योगका प्रविधि व्यवस्थापक राजन गैरे रहेक थिए ।


आवश्यक सूचनाको अभाव तथा आवश्यक प्रविधिको अभावमा निर्वाहमुखी कृषि प्रणालीमा संलग्न जनताको सोचमा परिवर्तन ल्याई व्यवसायिक कृषितर्फ उन्मुख गराउन अझै पनि नसकिएको यो समयमा कृषिलाई व्यवसायिक बनाउन सकिन्छ भन्ने ज्ञान कृषक सम्म नपुगेको यथार्थलाई सरोकार निकाय तथा सम्बन्धित सरोकारवालालाई यो प्रविधिको बारेमा जानकारी दिई थोपा सिँचाई प्रविधिलाई थप विस्तार गर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी