धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव शुरु

धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव शुरु

  • बुधबार, पुस २७, २०७३
  • भरतराज शर्मा

  • 6.1K
    SHARES

पहिलोपटक सुनसरीको धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव शुरु भएको छ । धरान १८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा शुरु भएको महोत्सव २ माघ सम्म चल्ने र महोत्सवमा १६ देशका ४७ फिल्म छानिएको फेस्टिबलका स्थानीय संयोजक तथा चलचित्र निर्देशक दिपक श्रेष्ठले जानकारी दिनुभएको छ । महोत्सवको उद्घाटन शिक्षा मन्त्री धनिराम पौडेलद्वारा उद्घाटन गरिने भनिए पनि मौसमका कारण उहा उपस्थित नहुने भएपछि चलचित्रकै ५ जना निर्णायकबाट उदघाटन गरिएको थियो ।
उदघाटनका क्रममा बोल्दै नेपाली चलचित्रका महानायक राजेश हमालले चलचित्रले मानवीय भावनाको संवेदनशीलतालाई उजगार गर्नुपर्ने बताउनुहुदै चलिचत्र मनोरञ्जनको साधनमात्र नभई शिक्षाको विषय हुनुपर्ने प्रष्ट पार्नुभयो ।सोही कार्यक्रममा बोल्दै अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य सरल सहायात्रीले विश्वको उत्कृष्ट चलचित्रलाई धरानमा ल्याएर प्रदर्शन गर्न पाउदा गौरव महसुस भएको बताउनुभयो ।

यसैगरी कार्यक्रमका स्थानीय आयोजक दिपक श्रेष्ठले चलचित्रकर्मीहरुले अध्यारोमा काम गरेर उज्यालो देखाउने काम गरेको बताउनुभयो ।अखिल नेपाल चलचित्रकमी संघकाको आयोजनामा भइरहेको महोत्सवमा विभिन्न देशका चलचित्रबीच प्रतिष्पर्धा समेत गराइने छ भने प्रतिष्पर्धाम्ँँ अन्तर्रा्ष्ट्रिय फिक्सन तर्फ नेपालबाट मिनबहादुर भामको ’कालो पोथी’ र मनोज पण्डितको ’छायाँ’ छनोट भएको छ । त्यसैगरी डकुमेन्ट्री तर्फ अन्तर्रा्ष्ट्रिय प्रतिष्पर्धामा गणेश पाण्डेको ’भाग्यले बाँचेकाहरु’ र भोजराज भाटको ’सुनकली’ छानिएका छन् । त्यसैगरी नेपाल पानोरमा तर्फ फिल्म विधामा नवल खड्काको ’भिमदत्त’, अरुण प्रधानको ओम्ला, दिनेश पाल्पालीको ‘बालकृष्ण सम’ चयन भएका छन् ।

पानोरमा तर्फ डकुमेन्ट्री प्रतिस्पर्धामा मानवशास्त्री डोरबहादुर बिष्टको जीवनीमा आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ प्रदर्शन गरिने भएको छ ।

प्रेम राउत र सागर बिक्रम कडरीयाले निर्देशन गरेको ‘डोम समाज’ आज प्रदर्शन भइसकेको भने अन्यमा रामबहादुर रसाईलीले निर्देशन गरेको ‘अपाङको पीडा’, दिनेश खड्गी शाहीले निर्देशन गरेको ‘लाईफ डजन्ट रिवाईन्ड’ पनि प्रदर्शन हुने क्रममा छन् । नेपाल पानोरमाकै सर्ट फिल्मको प्रतिस्पर्धामा सुसन प्रजापतिले निर्देशन गरेको ‘लाज’, कला संग्रौलाले निर्देशन गरेको ’बुट्टेजामा’, प्रशन्न मालीले निर्देशन गरेको ‘तिर्खा’, भिम विश्वकर्माले निर्देशन गरेको ‘शून्य’, राकेश महर्जनले निर्देशन गरेको ‘कल्ली’, सुवास गजुरेलले निर्देशन गरेको ‘हरेरामकी आमा’, सेनामा ग्याङवो तामाङले निर्देशन गरेको ‘झा लो लगायतका चलचित्र प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी