सुपरजोनको सिद्धान्तअनुसार खेती प्रणाली सुरु : तामाङ

सुपरजोनको सिद्धान्तअनुसार खेती प्रणाली सुरु : तामाङ

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काभ्रे, २६ पुस ।

कृषिमन्त्री राधिका तामाङले मुलुकका सातवटै प्रदेशमा माटो परीक्षण गरी वातावरण सुहाउँदो खेतीमा सुपरजोनको सिद्धान्तअनुसार खेती प्रणाली सुरु गर्न लागेको बताउनु भयो ।

काभ्रेको उग्रचण्डी नालामा आयोजना गरिएको माटो परीक्षण कार्यक्रममा मन्त्री तामाङले विभिन्न कार्यक्रममध्ये सुपरजोन कार्यक्रम अन्यभन्दा पृथक रहेको बताउनुभयो । सुपरजोन कुनै दातृ निकायको सहयोगमा सञ्चालित नभई सरकारकै पहल, सोच र क्षमतामा यहाँसम्म ल्याउन सफल भएको उहाँको भनाई छ ।

नेपालका सबै क्षेत्रमा माटोको परीक्षण नभएकै कारण कृषि उत्पादनमा बृद्धि हुन नसकेको भन्दै सबै क्षेत्रमा माटो परिक्षणको पहुच पुर्याउने बताउनु भयो । नेपालमा सुपरजोनमार्फत कृषि प्रणाली सुरु गरिसकेपछि विदेशिने युवाको सङ्ख्या घट्ने मन्त्री तामाङले बताउनु भयो ।

कार्यक्रममा जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले काभ्रेपलोञ्चोकमा कृषिको विकासका लागि कार्यालय सधैँ जिम्मेवार रहने बताउनुभयो ।

कार्यक्रमले जिल्लालाई आलुमा आत्मनिर्भर बनाइ उन्नत बीउको उत्पादन गरेर उत्पादन र उत्पादकत्वमा वृद्धि गरी औद्योगिकीकरण गर्ने लक्ष्य राखेको छ । उक्त आयोजना १० वर्षको रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी