काठमाडौँ, २५ पुस ।
सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साताँै साधारणसभाले राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्य (तुलाधर)लाई अध्यक्ष चयन गरेको छ ।
साथै उहाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा कान्तिपुरका पत्रकार जगत नेपाल, सचिव विष्णु गौतम, कोषाध्यक्ष प्रदीपकुमार चापागाईं तथा सदस्यहरुमा रीता गुरुङ, गोविन्द लुइँटेल र प्रकाश आचार्य सर्वसम्मत चयन हुनुभएको हो ।
श्रमजीवी पत्रकारहरुको पेसागत सुरक्षा, सीप विकार र क्षमता अभिवृद्धिका लागि स्थापना भएको सो सहकारीमा निवर्तमान अध्यक्ष नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी हुनुहुन्थ्यो ।
सहकारीले आर्थिक वर्ष २०७२÷७३ मा रु ४५ लाख ५१ हजार, १९६ ऋण लगानी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline