म्याग्दीका कृषक आफैले गरे हितकोष स्थापना

म्याग्दीका कृषक आफैले गरे हितकोष स्थापना

  • आइतवार, पुस १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

म्याग्दी, १७ पुस । म्याग्दीको भकिम्ली–२ छेपारेमा रहेको मिलीजुली कृषक समूहले कृषक हितकोष स्थापना गरेका छन् ।

समूहमा आबद्ध १६ जना कृषकले मासिक रुपमा बचत सङ्कलन र सामूहिक तरकारीखेती मार्फत जम्मा भएको एक लाख रुपैयाँको कृषक हितकोष स्थापना गरेको हो ।

कोषमार्फत विपन्न समुदायका कृषकलाई मलबीउ खरिदका लागि सहुलियत ब्याजदरमा रकम उपलब्ध गराउने गरिएको सदस्य रुद्र श्रीसले जानकारी दिनुभयो ।
कोषबाट हाल सात जनाले वार्षिक १ प्रतिशत ब्याजदरमा ऋण लगेका छन् ।

एक जनालाई एक पटकमा रु पाँच हजारदेखि रु दश हजारसम्म ऋण उपलब्ध गराउने गरिएको छ । उनीहरुले मासिक रुपमा बस्ने बैठकमा प्रतिव्यक्ति रु ५० का दरले समूहमा बचत गर्छन् ।

सो समूहमार्फत छेपारेमा तीन रोपनी जग्गा भाडामा लिएर सामूहिक तरकारीखेती समेत गरिएको छ । समूहको कोष वृद्धि, अनुभव आदानप्रदान र व्यावसायिक तरकारी खेतीतर्फ आकर्षण गर्न सामूहिक तरकारीखेती गरिएको श्रीसले बताउनुभयो । वार्षिक पाँच हजार रुपैया भाडा तिर्ने गरी जग्गा भाडामा लिइएका हो ।

एक याममा तरकारी बेचेर ३० हजार रुपैयाँसम्म आम्दानी गरेका उनीहरुले खर्च कटाएर पन्ध्र हजार हितकोषमा बचत गरेका छन् । सो जग्गामा उनीहरुले बन्दा, काउली, गोलभँेडालगायत मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने गरेका छन् । समूहलाई जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा खनजोतमा प्रयोग हुने मिनीटिलर हलो उपलब्ध गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी