कृषि मेलामा सहभागी ६४ कृषक पुरस्कृत

कृषि मेलामा सहभागी ६४ कृषक पुरस्कृत

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

धादिङ ,१६ पुस ।
जिल्ला कृषि विकास कार्यालयले १६ बाली÷वस्तु तथा विधाका ६४ कृषकलाई पुरस्कृत गरेको छ ।

शुक्रबार धादिङ महोत्सवका अवसरमा आयोजित कृषि मेलामा सहभागी कृषकमध्ये मूल्याङ्कनका आधारमा तिनलाई पुरस्कृत गरिएको हो । प्रतियोगितामा प्रथम हुनेले एक हजार पाँच सय , द्वितीयले एक हजार, आठ सय र तृतीय हुनेलाई छ सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुरस्कृत हुनेहरुमा आलु बाली समूहमा सावित्री सुनुवार, खाद्यान्न बाली समूहमा टीका त्रिपाठी, दलहन÷तेलहन बाली समूहमा निर्मला समूह, नगदेबाली समूहमा सेम्जोङ साना किसान कृषि सहकारी, केरा बाली समूहमा सीता अधिकारी, सुन्तला बाली समूहमा गोकुल घले र अन्य फलफूल समूहमा नारायण खाँणले रहेका छन ्।

यसैगरी साग तथा कोसेबाली समूहमा तोयाकुमारी खाँण, जरेबाली समूहमा मेनकुमारी रुवाली, फल तरकारी समूहमा धनबहादुर पाठक, काउली बन्दा समूहमा कोमलप्रसाद बिंडारी, माछा समूहमा चन्द्रबहादुर तामाङ, गानो बाली समूहमा कुम्भराज उप्रेती, मसला बाली समूहमा प्रकाश भण्डारी, लहरेबाली समूहमा मेनका आचार्य र विविध समूहमा नारायण घिमिरेले पनि पुरस्कार प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी