उखुको मुल्य निर्धारणको माग 

उखुको मुल्य निर्धारणको माग 

  • सोमवार, पुस ११, २०७३
  • रबिन्द्र यादव

  • 6.4K
    SHARES

नवलपरासी , १० पुस । 

नवलपरासीबाट निर्वाचित सांसदद्धयहरुले  सरकारले तत्काल उखुको मुल्य निर्धारण गर्नुपर्ने माग राख्दै नेपाली कागं्रेसका सभापति एवंम् पुर्व प्रधामन्त्री शेरवहादुर देउवा समक्ष भेटघाट गरेका छन् ।
समयमै उखुको मुल्य निर्धारण हुन नसक्दा उखु किसानहरु मर्कामा परेको जनाउदै सांसद बिक्रम खनाल र देवकरण प्रसाद कलवार सहितको टोलीले आफ्ना पार्टी सभापति एवंम् पुर्व प्रधामन्त्री देउवा समक्ष भेटघाट गरेका हुन् ।

सो क्रममा पार्टी सभापति देउवा संग आफुहरुले तत्काल उखुको सरकारले मुल्य निर्धारण नगर्दा किसानहरु निकै समस्यामा पर्ने हुदा यसलाई तत्काल समस्या समाधान गर्न माग गरिएको छलफलमा सहभागी नेपाली कागं्रेसका नेता एव्ांम् नवलपरासी निर्वाचन क्षेत्र न. ६का सांसद देवकरण प्रसाद कलवारले बताउनुभयो ।
सो क्रममा पार्टी सभापति देउवाले तत्काल उद्योगमन्त्रीलाई निर्देशन दिएर अर्थ मन्त्रालय संग समन्वय गरी उखुको सरकारकाले मुल्य निर्धारण गर्ने आफुहरुलाई आस्वासन दिएको छलफलमा सहभागी नेपाली कागं्रेसका नेता एव्ांम् नवलपरासी निर्वाचन क्षेत्र न. ५ का सांसद बिक्रम खनालले बताउनुभयो ।
यसैबिच उद्योगमन्त्री  नबिन्द्रराज जोशीलाई समेत भेटेर सांसदद्धयको टोलीले  उखुको मुल्य तत्काल निर्धारण गर्न सरकारले पहल गर्नेपर्ने बारेमा छलफल गरेको थियो ।

नवलपरासीका किसानहरूले उखुको मुल्य ५५६ रु प्रति क्विन्टल सरकारले निर्धारण गर्नुपर्ने जोडदार माग गर्दै अाइरहेका छन साथै उचित माग अनुसार मुल्य निर्धारण नभए खेतमा नै विरोध स्वरूप उखु जलाउने चेतावनी दिदै अाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी