काठमाण्डौ,७ पुस ।
हामि कहिलेकाहि यति धेरै खान्छौ कि जसका कारण पेट ढुस्स हुने , असपट हुने र बस्न ,सुत्न पनि नसक्ने समस्या हुन्छ । कुनै पार्टी , बिशेष अवसर , खानाको परिकारको स्वाद, भोक धेरै लागेको अवस्था, थालमा पस्किएको खाना फाल्न नसक्नुको स्थिति आदि कारणले हामी चाहिदो भन्दा बड्ता खान्छौ ।
खानेकुरामा बिचार नपुर्याउदा बिभिन्न रोगको शिकार समेत बन्ने गरेका छन् ।धेरै खानेकुराले अपच बाहेक यसले पेटभित्र विष बढाउँछ । धेरै भोजन खाएपछि पेटमा उत्पन्न हुने बिकार हटाउन विभिन्न तरिका अपनाउन सकिन्छ ।
१ धेरै खानेकुरा खाएपछि पेटभित्र अनावश्यक विकार जम्मा हुन्छ त्यसलाई हटाउन ग्रिन टि खानु राम्रो हुन्छ । ग्रीन टीले ब्लडसुगरको तह र खानाप्रतिको आशक्ति समेत नियन्त्रण गरिदिने भएकाले धेरै खाना खानु भएको छ र बिहान उठ्दा पनि असहज हुन्छ भने बिहान उठ्ने बित्तिकै ग्रीन टी खानु राम्रो मानिन्छ ।
२ कागति पानी खानुस् । जसले फुलेको पेटलाई नर्मल गर्न सहयोग पुर्याउछ । कागतिमा भएके अम्लीय पदार्थले पेटमा भएको अधिक खाना पचाउने तथा बिकार हटाउन र पेटलाई सफा राख्न मदत पुर्याछ ।
३ खाएको कुरा नपचेमा अदुवाको प्रयोग गर्नुस् । अदुवामा पाईने एन्टि ईन्फ्लेमेटरी तत्वका कारणले खाना पचाउछ ।
४ काचो नरिवलको पानि खादा पनि पेट फुलेको ढुस्सिएको कम हुन्छ । यसमा पोटासियमको मात्रा बढी हुन्छ जसले शरीरमा सोडियमको मात्रालाई सन्तुलन राख्न मदत गर्दछ ।एन्टिअक्सिडियन्ट र पोटासियमले बेलुका खाएको धेरै खाना र ह्याङओभरबाट मुत्तः गराउँछ । रातीको बढी नुनिलो खानेकुराको साइड इफेक्टबाट जोाउन पोटासयुक्त खानेकुराले सहयोग गर्छ ।
५ यस्तै केरा , फर्सी जस्ता खानेकुराको पनि प्रयोग गर्न सकिन्छ । यीनिहरुले भिटामिन , पोटासियम , पाईबर जस्ता कुराहरु पाईने भएकाले पेट र शरिरको पाचन प्रक्रियालाई सन्तुलनमा राख्छ । केरा र आलुमा प्रशस्त पोटास हुने भएकोले ब्रेकफास्टमा यी दुबै खानेकुरा समावेश गर्दा उपयुक्त हुन्छ ।
६ फुलेको पेटका लागि दहि अत्याधिक लाभदायी मानिन्छ । यसमा प्रोबायोटिक्स अर्थात शरीरलाई चाहिने ब्याक्टेरीया पाईन्छ ।प्रायः बिहानको भोजनमा दही, ब्ल्याकबेरी, ब्लुबेरी वा अन्य मौसमी फलफूल खानुहोस् । दहीले अपच हुनबाट बचाउँछ । अघिल्लो रात मदिरा सेवन गर्नुभएको छ भने बिहान दही र विभिन्न प्रकारका बेरीले पेट सफा गरिदिन्छ ।
७ प्रशस्त पानी भएका फलफूल जस्तैः खरभुजा, स्ट्राबेरी, भुइँकटहर निकै प्रभावकारी मानिन्छन् । यी फलफुलको दोहोरो फाइदा हुन्छ । पहिलो त यी फलफुलमा प्रशस्त पानी हुन्छ जसले अघिल्लो रात खाएका पेटका बिकार हटाउन सहयोग गर्छ । दोस्रो यी फलफुलमा प्रशस्त फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई सहयोग गर्छ । यी फलफूलमा शरिरलाई आवश्यक भिटामिन र खनिज पनि हुन्छन् ।
८ बिहान उठ्ने बित्तिकै कम्तिमा दुई गिलास मन तातो पानी पिउनुहोस, र त्यसको केही मिनेटपछि कालो चिया खानुहोस् । पानी र कालो चियाले तपाईं पेटको आन्तरिक बिकारलाई हटाउन सहयोग गर्छ ।