जानिराखौ ! जाडो मौसममा कस्ता खानेकुरा खाने ?

जानिराखौ ! जाडो मौसममा कस्ता खानेकुरा खाने ?

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमाण्डौ ।

जाडो मौसममा धेरैलाई घाटि दुख्ने , रुघा मर्कि लाग्ने भएकाले खानेकुराहरु पनि बार्ने गरेको पाईन्छ । कतिपयले त फलफुल समेत खान छोड्छन् । तर हामिलाई जाडो मौसममा नै बढी प्रोटिन चाहिने हुदा त्यस्तो बार बन्देज राम्रो हैन । फलफूलमा भिटामिन, मिनरल्स, एन्टीअक्सिडेन्ट हुने भएकाले फलफूलको मात्रालाई जाडो भनेर घटाउनु हुँदैन।
तर फ्रिजमा राखेर अत्याधिक चिसो बनाईएको खानेकुराहरु भने नखानुहोस् यसले तपाईलाई असर गर्छ ।

१ ओखर : यसमा ओमेगा थ्री पर्याप्त हुने भएकले खासगरी पुरुषका लागि यो निकै लाभदायक मानिन्छ । शुक्राणु वृद्धि र गुणस्तरमा सघाउ पुर्याउँछ। त्यस्तै शरीरका प्रत्येक अंगमा रगतको सर्कुलरलाई यसले सघाउ पुग्ने भएकाले जाडो मौसममा नियमित यसको प्रयोग गर्नुहोस् ।

२ दुध तथा अण्डा : हाड मजबुत बनाउन क्याल्सियमा चाहिने हुँदा अण्डा वा दूध खानुपर्छ । जाडोमा अरु समयको भन्दा अझै बढी हामिलाई प्रोटिन तथा क्याल्सियम चाहिन्छ । अण्डा वा दुधमा यो अन्य फफु तरकारीमा भन्दा धेरै हुन्छ । तर अण्डा र दुध एकैपटक भुलेर पनि नखानुहोस् । एकै पटक खानु शरीरका लागि ‘विषसरह’ हुन्छ।
यस्तै प्रोटिनले शरीरमा तापक्रम बढाउनुका अलवा छाला फुस्रो हुनबाट पनि जोगाउँछ।

४ अंगुर र सुन्तला : सुन्तला जाडो मौसममा नै पाईने फल हो तर धेरै यसलाई खान डराउछन् । यो चिसो भएपनि स्वास्थ्यलाई असर गर्दै जति पनि खान सक्नुहुन्छ । फ्रिजमा राखेर भने नखानुहोस् ।
बजारमा उपलव्ध भएसम्म अंगुर खानु असाध्यै राम्रो हुन्छ। यसमा एन्टीअक्सिडेन्टको मात्रा भरपुर हुनाले छालालाई तन्दुरुस्त राख्न मद्दत गर्दछ। फलफूल बिहान खाली पेटमा नै खाँदा लाभदायक हुन्छ। तर फलफूल विषादीमुक्त र सफा हुनु जरुरी छ।

५. गाजर : भिटामिन र एन्टीअक्सिडेन्ट हुने भएकाले गाजर खानु राम्रो हुन्छ । यसले छालालाई तन्दुरुस्त राख्दछ र भिटामिनले चिसोबाट लाग्न सक्ने रुघा, खोकीजस्ता रोगका लागि प्रतिरोधात्मक काम समेत गर्दछ।

७ अनार : अनारमा हुने अक्सिडेन्टले मानिसलाई जवान राख्न र अल्छीपनाबाट भगाउन मद्दत पुग्दछ। यसले रगत बढाउन पनि मदत गर्छ ।

८ स्याउः नियमित स्वाउ खानु भयो भने तपाईलाई रोगले छुदैन अर्थात चिकित्सकहरु नै भन्छन् नियमित स्वाउ खानुहोस् र अस्पतालबाट टाडा रहनुहोस् । यसमा भिटामिन तथा मिनरल्सको मात्रा हुने हुँदा शरीरलाई ताजा राख्न मद्दत पुग्दछ।

९ हरियो साग : खानामा दैनिक सागपातको प्रयोग गर्नुहोस् । यसबाट पाइने भिटामिनले सुख्खा छाला तथा आँखालाई राम्रो राख्न सघाउ पुग्दछ। त्यसैले दैनिक हरियो सागको प्रयोग गर्न नहिच्कीचाउनुहोस् ।

१० अमला ,अम्बा : यी फलफूलमा भिटामिन सी पर्याप्त हुन्छ। रगतलाई सुद्धीकरण तथा सन्तुलित सर्कुलरका लागि भिटामिन सी जरुरी हुन्छ। त्यसबाहेक स्वास गन्हाउने, मुखभित्र तथा गिँजामा आउने खटिराका लागि पनि अमला अम्बा जस्ता फफुल उपयोगी हुन्छन्।

११ गेडागुडिको दाल , कुरिलो : जाडोमा सुप दाल ,गेडागुडिको प्रयोग बढी नै गर्नुपर्छ । भरसक गेडागुडिलाई मिश्रण गरेर भिजाउने अनी टुसा पलाएपछि पकाएर खाने गरे चिसो लाग्दैन । यस्तै माछा ,मासु , बदाम, काजु पनि खाने गर्नुहोस् । ति खाद्यान्नमा पाइने प्रोटिनले छालालाई खस्रो हुनबाट जोगाउँदछ।

तर बाथ , उच्च रत्तचाप ,मधुमेह भएका बिरामिले भने यस्ता खाना खादा विशेष ध्यान पुर्याउन पर्छ । चिकित्सकको सल्लाहमा रहने र नियमित व्यायाम गर्ने गर्नुपर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी