काठमान्डौ मंसिर २२ ।
उपत्यकाको माइतीघर मण्डला देखि त्रिपुरेश्वर चोक जोड्न फ्लाइओभर निर्माण हुने भएको छ । सडक निर्माण विभाग र जापनी अन्तराष्टिय सहयोग नियोग जाइका विच फ्लाइओभर निर्माण गर्ने सहमति भएको हो ।
एक किलोमिटर फ्लाइओभरको निर्माण कार्य सन २०१७ बाट नै सुरु गरिने सडक विभाग बैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जय कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
सो फ्लाइओभर निर्माण कार्य जापान सरकारको सहयोगमा हुन लागेको हो । फ्लाइओभर माइतीघर मण्डलाबाट थापाथली इन्जिनियरिङ क्याम्पस र सेनाको हेडक्वाटर हुदै त्रिपुरेश्वर सम्म जोडिने छ ।
सडक निर्माणको लागि आवश्यक जग्गा अधिग्रहण गर्नु पर्नेछ । फ्लाइओभरका लागि सैनिक मुख्यालयको थोरै जमिन पनि पर्ने छ । फ्लाइओभर अत्याधुनिक र ध्वनी प्रदुषण शुन्य हुने भएकाले सैनिक मूख्यालयलाई बाधा नपुग्ने महाशाखाले जनाएको छ ।