नेपाली मौलिक उत्पादनको अन्तराष्टिय बजारीकरणका लागि सम्झौता

नेपाली मौलिक उत्पादनको अन्तराष्टिय बजारीकरणका लागि सम्झौता

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ मंसीर २१ । गुणस्तरीय भएपनि अन्तर्राष्ट्रिय बजार नपाएको नेपाली उत्पादनको बजार विस्तारको लागि अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्च  (ओबीओआर) नेपालले प्रयास गर्ने भएको छ ।
ओविओआर नेपालले स्थानीय साझेदारसँगको सहकार्यलाई बढवा दिँदै आर्थिक अभिबृद्धि योजना कार्यान्वयको सुरुवात गरेको छ ।
सोमबार ओविओआरले विभिन्न व्यवसायिक संघ÷संस्थासँग पारस्परिक लाभ तथा हितका लागि व्यापार र लगानी विस्तार सम्झौता गरेसँगै नेपाली उत्पादनको बजार विस्तार र विविधिकरणमा नयाँ आयाम थपिएको छ ।
नेपाली उद्योगी÷व्यवसायीका लागि अत्यन्तै महत्वपूर्ण मानिएको यो सम्झौतापछि साझेदार संस्थासँग ओबीओआरले ‘इन्टरनेशनल ट्रेड एन्ड इन्भेष्टमेन्ट प्लेटफर्म’ले वर्किङ एग्रिमेन्ट’ समेत गर्ने भएको छ । ओविओआर र विभिन्न व्यवसायिक संघ÷संस्थाबीच आर्थिक अभिबृद्धिका लागि साझेदारी गर्ने सैद्धान्तिक सहमति भएसँगै नेपाली उद्योगीलाई बजार खोज्न सहज हुने छ ।

चिया, कफी, गलौंचा, पस्मिना, हस्तकालजस्ता अधिक माग भएका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन ओविओआरले सहयोग गर्दा ति क्षेत्रमा लगानी भित्र्याउन पनि सहज हुने अपेक्षा छ । चीनको ‘वान बेल्ट वान रोड’ को अवधारणा कार्यान्वयन गर्न गठित ओविओआर नेपालको यो प्रयासले आफ्ना उत्पादनको प्रवद्र्धनमा उद्योगीलाई सहयोग पु¥याउने र व्यापार विस्तार तथा विविधिकरण हुने दावी छ ।

सोमबार ओविओआर नेपालले हस्तकला महासंघ, पस्मिना संघ, रेशम संघ, गलैंचा उत्पादक संघ, निर्माण सामग्री व्यापार महासंघ, हाते कागज संघ, हर्बल प्रोडक्ट्स संघसँग आर्थिक अभिवृद्धि साझदारी गरेको हो । सोझेदारी पत्रमा ओविओर प्रतिनिधि वेन हू तथा ओविओआर नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र ति संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

ओविओआरले संस्कृति र पर्यटन, जलविद्युत र पूर्वाधार विकाससहित ठूला आयोजनामा लगानी भित्र्याउन र अन्तर्राष्ट्रिय व्यापार तथा लगानीलाई प्रमुख क्षेत्र बनाएर विशेष कार्यक्रमको प्रस्ताव गरिएको पनि जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ