प्याक्टद्वारा सर्लाहीमा अनुदान सम्झौतापत्र हस्तान्तरण, कृषि क्षेत्रको व्यवसायीकरणका लागि ७४ करोड लगानी

प्याक्टद्वारा सर्लाहीमा अनुदान सम्झौतापत्र हस्तान्तरण, कृषि क्षेत्रको व्यवसायीकरणका लागि ७४ करोड लगानी

  • मङ्लबार, मंसिर २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

मंसीर २१ सर्लाही । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याट) ले मंसिर २१ गते मंगलबार सर्लाहीमा एक कार्यक्रम कार्यक्रम आयोजना गरी मध्यमाञ्चलविकास क्षेत्रका तराई तथातथापहाडी जिल्लाका उपआयोजनाका आवेदकहरुलाई पूरक अनुदान सम्झौतापत्र हस्तान्तरण गरेको छ ।

अनुदान पत्र चौथो आह्वान अन्तर्गत छनोट भएका साना तथा मझौला उपआयोजनाका आवेदकहरुलाई हस्तान्तरण गरिएको आयोजनानिर्देशक डा. गोविन्द प्रसादशर्माले बताउनुभयो । डा.शर्माकाअनुसार अनुदानग्राहीहरुलाई पायक पर्ने स्थानहरुबाट नैअनुदान सम्झौतापत्र हस्तान्तरण गरिएको हो । सर्लाहीमा आयोजित कार्यक्रममा सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन जिल्लाका अनुदानग्राहीलाई सम्झौतापत्र प्रदान गरियो । ती उपआयोजनाहरु माछा, दुध, मासु तथा तरकारी मूल्य शृंखलामा आवद्ध छन् ।

अनुदान सम्झौतापत्र अनुसार आयोजनाका तर्फबाट आंशिक अनुदानका लागि ३१ करोड रुपैयाँप्रदानगरिने छ भने अनुदानग्राहीका तर्फबाट४३ करोड ३७ लाख लगानी हुनेछ । दुवैतर्फ गरी कृषि क्षेत्रको व्यवसायीकरणमा ७४ करोड ३७लाखलगानीहुने आयोजना निर्देशक ले जानकारी दिनु भयो । यसबाट कृषि क्षेत्रको व्यवसायीकरणमा उल्लेख्य योगदानपुग्नुका साथै खाद्य सुरक्षामासमेत योगदानपुग्ने आशा आयोजना निर्देशक डा. शर्माले व्यक्तगर्नु भयो । उहाँले उपआयोजनाका सञ्चालकहरुलाई समयमै उपआयोजना सम्पन्न गरी बढीभन्दा बढी लाभलिन निर्देशन पनि दिनु भयो । प्याक्टबाट साना उपआयोजनाका लागि बढीमा ३५ लाख रुपैयाँ र मझौलाअनुदानकालागि बढीमा १ करोड रुपैयाँसम्म अनुदान प्रदान गर्ने व्यवस्था छ ।

samjhauta-2

कार्यममाआयोजनाकाप्राविधिक सल्लाहकार डा. प्रभाकर पाठकले उपआयोजना सञ्चालनसम्बन्धमा संक्षिप्तजानकारी दिनुभयो भने अनुगमनतथामूल्यांकन विज्ञ विष्णु दयाल सिंहले पूरक अनुदान सेवाप्रवाहविधीबारे तथाअनुगमनतथामूल्यांकनअधिकृत विश्वेश्वर यादवले गोष्ठीको उद्देश्यबारे प्रस्ट पार्नुभएको थियो । आयोजना निर्देशक शर्माले अनुदानपत्र हस्तान्तरण सहित आफ्नो मन्तव्य राख्नुभएको थियो भने सहभागीहरुबाट उठेका जिज्ञासाको पनिउत्तर दिनुभएको थियो । प्याक्टका वरिष्ठ योजना अधिकृत दिनेश प्रसाद सापकोटाले सञ्चालन गरेको यस कार्यक्रममाविषयगत विज्ञहरु तथा सार्वजनिक सचेतना सेवाका विज्ञहरुको पनि सहभागिता थियो । कार्यक्रमका सहभागी अतिथीहरुबाट मन्तव्यसहितकार्यक्रम समापनगरिएको थियो ।

प्याक्टले यसअघि राजधानीमा यस्तै कार्यक्रम गरी काठमाडौं उपत्यकातथायसको यसको आसपासकाजिल्लाहरुकाअनुदानग्राहीलाई सम्झौतापत्रप्रदान गरेको थियो । त्यस्तै नेपालगञ्माकार्यक्रमआयोजना गरी सुदुर तथामध्यपश्चिमाञ्चल क्षेत्रकाअनुदानग्राहीहरुलाई सम्झौतापत्रप्रदानगरियो भने विराटनगरमापूर्वाञ्चल क्षेत्रका र पोखरामापश्चिमाञ्चल क्षेत्रकाअनुदानग्राहीहरुलाई सम्झौतापत्र हस्तान्तर गरिएको थियो । बाँकीअनुदानग्राहीलाई काठमाडौंकाअर्को कार्यक्रम गरी अनुदानपत्र हस्तान्तरण गरिने आयोजनानिर्देशक डा. शर्माले जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी