‘बिजुली चुहिने प्वाल प्राधिकरणभित्रै परेको रहेछ’

‘बिजुली चुहिने प्वाल प्राधिकरणभित्रै परेको रहेछ’

  • आइतवार, मंसिर १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

मंसीर १९ काभ्रे । ‘बिजुली चुहिने प्वाल प्राधिकरणभित्रै परेको रहेछ, मैले त्यो प्वाल टाल्न लगाए‘,’ त्यसपछि मात्र लोलसेडिङ हटाउन सकियो।’ यो उर्जा मन्त्री जनार्दन शर्माको अभिव्यक्ति हो ।
शनिबार काभ्रेमा एउटा सहकारी संस्थाको साधारण सभाको उद्घाटन गर्दै मन्त्रीले लोडसेडिङ हटाउने अभियानमा असहयोग गर्नेलाई कुनै हालतमा कार्बाही गरेरै छाड्ने चेतावनी दिनु भयो ।

‘ मन्त्री शर्माले प्राधिकरण भित्र खान पल्केकाहरुको हर्कत विरुद्ध आफू कठोर भएर प्रस्तुत हुने चेतावनी समेत दिनु भयो । उर्जामन्त्री प्रभाकरले लोडसेडिङ हटाउने अभियानमा विभिन्न तत्वहरुले असहयोग गर्न खोजेको दावी गर्दै असहयोग गर्ने प्राधिकरण सञ्चालकहरुमाथि पनि कार्बाही हुने स्पष्ट पार्नु भयो ।

काभ्रेको कुन्तावेशीमा रसकमल स्मृति कृषि सहकारी संस्थाको छैटौं साधारण सभा उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै मन्त्री शर्माले लोडसेडिङ हटाउने उर्जा मन्त्रालयको अभियानमा अवरोध खडा गर्ने जोकोहीलाई पनि नछाड्ने चेतावनी दिनु भयो ।

उर्जा मन्त्रालयले लोडसेडिङ हटाउने कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध उभिएका विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई अवैधानिक गतिविधिमा संलग्न भएको आरोपमा शुक्रबार लिखित स्पष्टीकरण सोधेको जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ