काठमाडौ १८ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले देशमा आर्थिक विकासका लागि दलीय सहमति अपरिहार्य भएकोमा जोड दिनुभएको छ ।
उपराष्ट्रपति निवास कान्तिपथमा आज बिहान सभामुख घर्तीसँग भएको नियमित भेटवार्ताका क्रममा मुलुकामा राजनैतिक स्थीरताका कायम गर्न दलीय सहमति आवस्यक रहेकोले समन्वयकारी भूमिका खेल्न आग्रह गर्नुभयो ।
उपराष्ट्रपतिले राजनीतिक दलहरुबीचमा देखिएको पछिल्लो विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिएको सभामुख घर्तीको सचिवालयले जनाएको छ । जवाफमा सभामुख घर्तीले दलहरुबीचको अविश्वास हटाएर सहमतिका लागि आवश्यक परेमा आफूले भुमिका खेल्न तयार रहेको बताउनु भएको थियो ।
उहाले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसदमा देखिएको मतभिन्नता अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल गरेको पनि जानकारी गराएको उहाको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।