सिन्धुकालिको जन्मोत्सवसँगै मूर्ति स्थानान्तरण

सिन्धुकालिको जन्मोत्सवसँगै मूर्ति स्थानान्तरण

  • शनिबार, मंसिर १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

सिन्धुपाल्चोक । जिल्लाको फुल्पिङकट्टी गाविस स्थित श्री थापी नारायण मन्दिर प्राङ्गणमा रहेको सिन्धु कालिको मूर्तिलाई स्थानान्तरण गरिएको छ । मन्दिरको प्राङ्गण समिपमै सो मूर्तिलाई स्थानान्तरण गरिएको हो ।

थापी नारायण मन्दिर व्यवस्थापन समितिले देवीको मूर्तिलाई धार्मिक विधि अनुसार पूजा अर्चना, प्राण प्रतिष्ठा गरी मूर्तीं स्थानान्तरण गरेको हो । देवीको मूर्तिलाई उत्खनन गरी, सौभाग्य जन्य सामाग्रीले ंिसंगार पटार गरी डोलीमा राखेर मन्दिर परिक्रमा गराईएको हो ।

मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अनेश नेपाल भन्नुहुन्छ, यस भूमिमा सदियौँदेखि श्री थापी नारायणको पूजा हुँदै आएको छ । धार्मिक तथा पर्यटकीय दृेष्टिकोणले भरिपूर्ण फूल्पिङ्गकट्टी गाविसका आस्थाका धरोहर भगवान श्री थापी नारायण मन्दिरमा यो समय विशेष पूजा हुने गर्दछ ।

उपत्यकाका चार नारायणको मन्दिरहरु, इचंगु नारायण, विशंखु नारायण, शेष नारायण र चाँगु नारायण दर्शन पश्चात् यस श्री थापी नारायणको दर्शन गरेपछि मात्रै मनोकांक्षा पूर्ण हुने विश्वास रहिआएको छ । प्राचीन किंवदन्ती अनुसार थामी जातीले पत्ता लगाएको देवस्थललाई थापी नारायण शिर भनेर पनि सम्बोधन गर्ने चलन छ ।

अहिले मन्दिरको नित्य पूजामा अवरोध आएको छ । पूजारीहरुको आपसी मतभेदका कारण मन्दिरको पूजामा समस्या आएको हो । नित्य पूजा सुचारु गर्न गाविस विनियोजित बजेटबाट पूजारीहरुका लागि पारिश्रमिक छुट्याईएतापनि मन्दिरको पूजामा बारम्बार अवरोध सिर्जना भईरहेको छ ।

devi-2

प्रतिस्थापन गरिएको देवीको मूर्तीलाई उत्खनन गरी सिन्धु महाकालीको जन्मोत्सव मनाईन थालेको हो । भगवान् प्रतिको आस्थालाई निरन्तरता दिँदै जिल्लामा वर्षेनीको दैवी प्रकोप, विपत्ति टार्नलाई पनि यस देवस्थल नजिक रहेको महाकालीको मूर्तिलाई स्थानानन्तरण गरिएको हो, परम्परादेखि चलिआएको रिवाजलाई जोड दिएका छौँ, थापी नारायण मन्दिर व्यवस्थापन समितिका सदस्य सोननोर्बु शेर्पा बताउनुहुन्छ ।

मन्दिरको चार किल्ला भित्रै देवीको मूर्तिलाई स्थानन्तरण गर्न थामी परम्परा, बौद्ध परम्परा, वैदिक परम्परा विधि अपनाइएको थियो । प्राचीन समय देखि नै यस पूण्य थलोमा देशका विभिन्न स्थानबाट भक्तजनहरुको घुईँचो लाग्ने गरेकोमा अहिले आएर मन्दिर लोप हुने अवस्थामा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी