मुलुकभर लोडसेडिङ मुत्त बनाउने योजना ल्याउ प्राधिकरणलाई निर्देशन

मुलुकभर लोडसेडिङ मुत्त बनाउने योजना ल्याउ प्राधिकरणलाई निर्देशन

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, मंसिर १६ ।
ऊर्जा मन्त्रालयले मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने विषयमा कार्ययोजनासहित आवश्यक व्यवस्था गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

हाल काठमाडौं उपत्यकामा जारी रहेको विद्युत्भार कटौतीमुक्त अभियानलाई निरन्तर अगाडि बढाउन, चुहावट नियन्त्रण गर्न र विद्युत् चोरी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक र विभागीय प्रमुखलाई लामो समयदेखि रोकिएका आयोजना तथा मन्त्रालयले गर्नुपर्ने सहयोग विषयमा समेत प्रस्ट खाका ल्याउन निर्देशन दिएको छ ।

निकट भविष्यमा नै भारतबाट थप विद्युत् आयात हुन लागेको सन्दर्भमा त्यसको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न, सवस्टेसनको सुधार तथा प्रणाली व्यवस्थापनमासमेत ध्यान दिन उर्जाले भनेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले कुनैपनि आयोजनाका काम रोकिन नहुने, एक हप्तामा सबै आयोजनाको प्रगति प्रतिवेदन पठाउनुपर्ने र विद्युत् चुहावट नियन्त्रण अभियानलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

विद्युत्भार कटौतीमुक्त अभियान प्राधिकरणको सफलताको कडी भएको मन्त्री शर्माको भनाइ छ ।

यस्तै , प्राधिकरणले भारतबाट थप विद्युत् ल्याउन भारतको टनकपुरमा रहेको प्राधिकरणको सवस्टेसनमा १०० एमभीएको ट्रान्सफर्मर जडान गर्ने भएको छ ।

हाल सन्चालनमा रहेको ५० एमभीएको ट्रान्सफर्मरबाट थप विद्युत् ल्याउन नसकिने भएकाले ट्रान्सफर्मरको क्षमता थप गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो ।

यस्त्ै उहाले प्राधिकरणको अध्ययन टोलीले केही सवस्टेसनको सुधार गरे समस्या समाधान हुने निष्कर्ष निकालेको पनि बताउनु भयो ।

ढल्केबरमा ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारणलाइनबाट प्राप्त भएको विद्युत् ढल्केबर–चन्द्रनिगाहपुर–हेटौंडा हुँदै काठमाडौंको स्युचाटार सवस्टेसनमा बिजुली जोडिने गरी काम सुरू भएको छ ।

हाल भारतबाट आइरहेको बिजुलीमा २२० मेगावाट थप गर्दा देशभर विद्युत्भार कटौती नहुने प्राधिकरणको अनुमान छ ।

भारतबाट गत आवमा ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी