बूढीगण्डकी आयोजना प्रभावितद्धार गोरखामा प्रदर्शन , तालाबन्दी गर्ने क्रममा झडप

बूढीगण्डकी आयोजना प्रभावितद्धार गोरखामा प्रदर्शन , तालाबन्दी गर्ने क्रममा झडप

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

गोरखा , १६ मंसिर ।

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका जनताको लागि छुट्याएको मुआब्जा कम भएको भन्दै बुडिगण्डकी सरोकार अभियानले आज गोरखामा बिरोध प्रदर्शन गरेको छ ।

गोरखा घ्याल्चोकमा रहेको आयोजनाको कार्यलयमा सयौको सङख्यामा गएका प्रभावित क्षेत्रका स्थानियबासिले बिस्थापित जनतालाई सुरक्षीत स्थानमा वासस्थानको व्यावस्था गर्न माग गरेका छन् ।

आयोजना निर्माणका क्रममा जग्गा अधिग्रहण गर्दा भएको सहमती विपरित प्रतिरोपनि न्युनतम ५ देखि ८ लाख सम्म मुआब्जा दिने निर्णय भएपछि त्यसको बिरोधमा अभियानको नेतृत्वमा प्रदर्शन भएको हो ।

आज अपरान्ह घ्याल्चोकमा रहेका आयोजनाको कार्यलयमा तालाबन्दी गर्ने जाने क्रममा प्रहरीले अबरोध गर्दा झडप समेत भएको त्यहाबाट अखिल नेपाल शिक्षक संगठनको महासचिव गोपाल पाण्डेले जानकारी दिनुभयो ।

प्रहरीले भिडलाई तिरबितर पार्न अश्रुग्यास प्रहार गर्नुका साथै लाठ्ठी चार्ज समेत गरेको बताईएको छ । सो क्रममा केहि आन्दोलनकारीहरु घाईते समेत भएका छन् ।
सो क्षेत्रमा अहिले बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

१२ सय मेगाावाट क्षमताको उत्त आयोजना निर्माणका क्रममा स्वयम आयोजनाले ५ बर्ष अगाडि प्रतिरोपनी ८ लाखको दरमा जग्गा किनेको भन्दै उनीहरुले अधिग्रहणमा परेको स्थानीयको जग्गाको मुआब्जा पनि सोहि अनुपातमा दिन खोजेको भन्दै बिरोध गरेका छन् ।

सो आयोजनाका कारण १० हजार भन्दा बढी घरधुरी बिस्थापित हुनुका साथै आसपासको ७० हजार रोपनि जग्गा डुवानमा पर्ने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी