आजपनि शेर बजारमा उतार चडाव , दोस्रो सर्किट ब्रेकपछि सुधारको संकेत

आजपनि शेर बजारमा उतार चडाव , दोस्रो सर्किट ब्रेकपछि सुधारको संकेत

  • सोमवार, मंसिर १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं , मंसिर १३ ।

नेपाली शेयर बजारमा आज पनि उतारचडाब रोकिएन । आज एकै दिन दुईपटक सम्म सेयर बजारमा सर्किट ब्रेक लाग्यो ।

दोस्रो सर्किट ब्रेकपछि खुलेको सेयर बजार सुधारको बाटोमा देखिएको छ । बजार खुलेको पहिलो घन्टामा ३ प्रतिशतले बढेपछि सर्किट ब्रेक मार्फत १५ मिनेटका लागि कारोबार रोक्का गरिएको थियो ।

त्यसपछि खुलेको बजारमा पनि नेप्से ४ प्रतिशतले घट्यो । त्यसलगत्तै पुन ३० मिटेका लागि दोस्रो सर्किट ब्रेक लगाएर कारोवार रोकियो ।

त्यसपछि खुलेको बजारमा सुधारको संकेत देखिएको छ । घट्दा १ हजार ४ सय ४ सम्म झरेको बजार १ बजेर ५० मिनेटसम्म बढेर १ हजार ४ सय ५६ दशलमव ४४ विन्दुमा पुगिसकेको छ ।
यो क्रम जारी छ । यही रुपमा बजार बढ्यो भने, अन्तिम कारोबार अवधिमा बजार सकारात्मक बन्ने सम्भावना बलियो बन्दै गएको छ । बजारमा तीब्र उतारचढाब रहेकाले लगानीकर्ताहरु पनि संसङकित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी