सुनसरीको कोसी टप्पु संरक्षणमा समस्या

सुनसरीको कोसी टप्पु संरक्षणमा समस्या

  • सोमवार, मंसिर १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

पूर्वी नेपालको पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको कोसी टप्पु वन्यजन्तु आरक्ष संरक्षणको समस्यामा गुज्र्रिरहेको छ ।
आरक्षसँगै रहेको मध्यवर्ती क्षेत्रका समूह र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यकाल समापन भएका कारण आरक्षको संरक्षणमा समस्या देखिएको स्थानीय संरक्षण कर्मी राजकुमार सिंहले बताउनु भयो ।

तीन जिल्लामा फैलिएर रहेको आरक्षको संरक्षणमा सप्तरी, उदयपुर र सुनसरीका मध्यवर्ती क्षेत्रका जनताको पहल र प्रयास आवश्यक भए पनि त्यसमा समन्वयको अभावले आरक्षको संरक्षणमा समस्या देखिएको सिंहले बताउनुभयो ।
आरक्षको संरक्षणमा सरकारी बजेट अभाव र आरक्षका संरक्षण अधिकृतको कमजोरीको कारणले समस्या देखिएको सिंहको दावी छ ।
आरक्षमा संरक्षित वन्यजन्तुको संरक्षण तथा बासस्थानको व्यवस्थापन, घरेलु तथा छाडा चरिचरण र प्रचारप्रसार अभावका कारणले आरक्षको संरक्षणमा ठूलो समस्या रहेको कोसी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ  छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी