पूँजी बजारमा एकैदिन ६४ अंकको गिरावट

पूँजी बजारमा एकैदिन ६४ अंकको गिरावट

  • आइतवार, मंसिर १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, मंसिर १२ ।

शेयर बजार परिसूचक नेप्सेमा अार्इतवार एकै दिन  साढे ६४ अंकको उच्च गिरावट आयो ।

कारोबार सुरुवाती समयमा ३ प्रतिशतले नेप्से झरेपछि १५ मिनेटका लागि कारोबार नै रोकिएको थियो ।  कारोबार भएका सबै समूहमा उच्च अंकको गिरावट आयो ।

बीमा समूह सबैभन्दा उच्च करिब ५ सय ६३ अंकले ,होटल समूह १ सय ४६ अंकले ओर्लियो भने जलविद्युत समूहमा पनि १ सय ४ अंकको गिरावट आयो ।

यसैगरी विकास बैंक समूह ६५ अंक बढिले घट्यो भने वाणिज्य बैंक समूहमा पनि साढे ५२ अंकको गिरावट आयो ।

यसदिन १ सय २८ कम्पनीको १४ लाख ७५ हजार कित्ता शेयर ९६ करोड रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी