झापा र मोरङमा बजार निर्माणस्थल अनुगमन

झापा र मोरङमा बजार निर्माणस्थल अनुगमन

  • शुक्रबार, मंसिर १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ ।

व्यवसायिक कृषि तथा व्यापार आयोजनाका आयोजना निर्देशकसहितको टोलीले मंसिर १० गते झापा र मोरङमा २ वटा प्रयोगशाला तथा एउटा बजार निर्माणस्थलको सुपरीवेक्षण गरेको छ ।
आयोजना निर्देशक डा. गोविन्दप्रसाद शर्माको नेतृत्वमा रहेको टोलीले झापाको विर्तामोडस्थित कृषि थोक बजारमा स्थापना हुने द्रुत विषादी परीक्षण Rapid Bioassay of Pesticide Residues (RBPR) प्रयोगशाला स्थापन गर्ने भवनको निरीक्षण गरेको थियो भने झापाकै दमकस्थित पशुहाट बजार निर्माणस्थलको पनि निरीक्षण गरेको थियो ।

त्यस्तै विराटनगरस्थित खाद्यप्रविधी तथा गुण नियन्त्रण क्षेत्रीय प्रयोगशालामा जडान गरिने आधुनिक उपकरणको पनि निरिक्षण गरेको छ ।

समूहमा आयोजना निर्देशक डा.शर्मासहित आयोजनाका वरिष्ठ योजना अधिकृत दिनेशप्रसाद सापकोटा, आयोजनाका प्राविधिक सल्लाहाकर डा. प्रभाकर पाठक, आयोजना कार्यान्वयन सहयोग समूह, विराटनगरका प्रमूख भानुभक्त मैनाली, क्षेत्रीय प्राविधिक सेवा समूहका टिम लिडर धिरेन्द्र कार्की, तथा आयोजनाका सार्वजनिक सचेतना अधिकृत बद्री ओझा, श्रव्यदृश्य सामग्री संकलक कुमार भण्डारीलगायतको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी