कफि खेतिबाट नेपालमा लाखौँलाई रोजगारी दिन सकिन्छ : राजकुमार बन्जारा

कफि खेतिबाट नेपालमा लाखौँलाई रोजगारी दिन सकिन्छ : राजकुमार बन्जारा

  • बिहिबार, मंसिर ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

बेरोजगारीको कारण अहिले नेपाली युवाहरु दिनानुदिन बिदेशीने क्रम बढेको छ भने नेपालमा आउने नेपाली पर्यटकको संख्या पनि बढीरहेको अवस्था छ । यस्तो अवस्थामा युवाहरुलाई एकै ठाँउमा गोलबन्द गरी शीप, क्षमता अभिवृद्धि गर्न सक्ने कार्यलाई निरन्तरता प्रदान गरी कफी कृषि सुरु गर्ने र भएकालाई निरन्तरता दिन सकेमा उत्पादन, प्रशोधन, निर्यात, होमस्टे लगायत पर्यटन विकासको साथै थुप्रै किसिमवाट बेरोजगार युवा तथा कृषकहरुको आयस्तरमा वृद्धि गर्न सकिन्छ । मध्य पहाडी क्षेत्रमा पाइने जलबायुमा सजिलै लगाउन सकिने कफी खेतीलाई अर्गानिक उत्पादनको रुपमा पहिचान गराउन सकेमा अन्य विकसित मुलुकहरुमा प्रतिस्प्रधात्मक रुपमा अगाडि बढाउन सकिने कुरामा दुई मत छैन । नेपाली हावापानी माटो सुहाउँदो प्राङगारिक अराबिका जातको कफी खेतीबाट पर्यटन प्रवद्र्धन, वातावरणीय सन्तुलन कायम गर्दै कृषकहरुको आर्थिक अवस्थामा परिवर्तन ल्याई देशको अर्थ तन्त्रमा ठुलो टेवा पु¥याउन सकिने देखीएको छ ।
मध्य पहाडी क्षेत्रमा नगदेवाली कफीको प्रचुर सम्भावना बोकेको छ । हालै फ्रान्सको राजधानी पेरीसमा सम्पन्न प्रतियोगितामा नेपालबाट भाग लिएको ग्रिनल्याण्ड अर्गानिक फार्मको हिमालयन अराबिका कफीले पाँच विधा मध्ये एक द बेस्ट गउमेन्ट (राम्रो उच्च गुणस्तर)कफी २०१६ द्यभकत न्यगचmभत ऋयााभभ द्दण्ज्ञट अवार्ड र १२ औँ राष्ट्रिय कफी दिवसको अवसरमा उत्कृष्ट कफी प्रशोधनकर्ताको रुपमा पुरष्कृत भएको छ । कफी समेत जितेको छ । लामो समयदेखी कफीको उत्पादन, प्रशोधन, विस्तार तथा निर्यातमा लागिरहेका ग्रिनल्याण्ड अर्गानिक फार्म प्रा.लि.का संचालक, नेपालका एक मात्र कफी क्यु ग्रेडर तथा व्यवसायिक कफीका अभियन्ता राजकुमार बन्जाराले नेपाली कफीलाई अन्तराष्ट्रिय कफी एटलासमा समावेश गराउने समेत काम गरेका छन् । उनै बन्जारासँग हामीले नेपालमा कफीको अवस्था तथा सम्भावनाबारे थप जानकारी लिने प्रयास गरेका छौँ, प्रस्तुत छ सोहि कुराकानीको संपादीत अंश :

नेपालमा कफीको सम्भावना कसरी देख्नुहुन्छ ?
नेपालमा पाइने सबै कफी ८०० मिटरदेखि १ हजार ६ सय मिटरसम्मको उचाईमा उत्पादित अराविका जातका हुन् । सबै ठाउँमा हातैले टिपेका कफीहरू हाते वा लघु पल्पिङ मेसिनमा प्रशोधन गरिन्छ । अन्य कफी उत्पादक मुलुकहरूको भन्दा भिन्न प्रकारको हावापानी भएकाले नेपाली कफीमा विशिष्ट प्रकारको गुण र बास्ना छ । साथै, नेपालका प्रायः सबै कफी प्राङ्गारिक प्रद्धतीबाट उत्पादित भएकाले नेपाली कफीलाई अन्तराष्ट्रिय बजारमा उच्च गुणस्तरीय कफीको रूपमा हेर्ने गरिन्छ । नेपाली कफी खास गरी अमेरिका र युरोपेली मुलुकहरूमा निर्यात हुने गर्छ । नेपाली कफीलाई तत्कालै अन्तराष्ट्रिय व्यवसायिक बजारमा लान नसके पनि विशिष्ट बजारमा भने लान सकिन्छ ।

कफी दीर्घकालीन नगदेबालीको रुपमा विस्तार तथा प्रवद्र्धन गर्न खास के गर्नुपर्छ ?
कफी दीर्घकालीन नगदेबाली भएको हुनाले अन्न तथा अरू बालीहरूको तुलनामा यसबाट कृषकलाई बढी लाभ हुन्छ । कुनै समय विदेशी पर्यटक र ‘एक्सपट्रियट’ ले मात्र कफी पिउँछन् भन्ने नेपाली सोच रहकोमा अब यो पेयले उल्लेख्य घरेलु उपभोक्ता प्राप्त गरिसकेको छ । तसर्थ, नेपाली कफीलाई गुणस्तरमा सम्झौता नगरी व्यावसायिक खेतीतर्फ उन्मुख गराउन सके आत्मनिर्भरता प्राप्त गर्नुका साथै अन्य बह–ुआयामिक फाइदा लिन सकिनेछ ।

लामो समयदेखी कफीमा लाग्दा तपाँइले बढी कफी क्षेत्रलाई योगदान पु¥याउनुभयो अथवा तपाँइलाई कफी क्षेत्रले ठुलो परीचय दियो ?
यो दुवै हो । मेरो विधावारीधिको अध्ययन अनुसन्धानमा अर्गानिक कृषि अन्तर्गत कफी कृषिलाई नै मुख्य विषय बनाएँ । जसले गर्दा अर्गानिक कफी कृषिको धेरै पाटाहरु उजागर भए । कफी क्षेत्रकै सबैभन्दा उच्चतम मानिने कफी क्यु ग्रेडरको अभ्ययन पुरा गरी व्यवसायिक लाइसेन्स लिएर नेपालमा कफी प्रयोगशाला र अध्ययन अनसन्धान गरी Specialty कफी भन्ने कुराको चर्चा आम कृषक र उद्योगीहरुमा चेतना जगाउनको लागि मद्धत गरेँ । नेपाली कफीलाई अन्तराष्ट्रिय कफी एटलासमा समावेश गराने देखी अन्तराष्टिय पुरस्कार दिलाउन समेत भई नेपाली कफीलाई एउटा नयाँ अन्तराष्ट्रिय उचाइमा पु¥याउन मद्धत गरेँ । यसै गरी कफीले पनि मलाई नाम, मान–प्रतिष्ठा र संवृद्ध जिवन दिइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा कफी निर्यात गर्न मुल चुनौती के छ ?
मुलतः उच्च मुल्य गुणस्तरमा एकरुपता नहुनु, माग अनुसार कम उत्पादन हुनु र आयातकर्ता मुलुकसँगको आर्थिक कुटनितिक सम्बन्ध कमजोर हुनु नेपाली यसका मुल चुनौती हुन् । युरोपियन मुलुकमा हामीले गुणस्तरीय कफी पठाइराखेका छौँ तर हाम्रो छिमेकी मुलुक चाइनाले भने वस्तु आयात सुचीमा नेपाली कफीलाई समावेश नगरेको कारणले गर्दा माग भए पनि चाइनामा हामीले कफी पठाँउन सकेका छैनौँ । जो अवसरलाई सदुपयोग गर्न राज्य स्तरबाट पहल भइदिए नेपाली कफीको विस्तारको दायरा फराकिलो हुने थियो ।

कफी क्षेत्रका समस्या तथा चुनौतीहरु के–के छन् ?
नेपालमा कफी क्षेत्रका समस्या मूलतः उत्पादनसँग सम्बन्धित छन् । मध्यम उचाइका पहाडमा फल्ने अराबिका कफीलाई उच्च कोटीको कफीको रूपमा स्वीकार गर्न तयार रहेको विश्व कफी बजार गुणस्तरमा कुनै सम्झौता नगर्ने सर्तमा हामीसँग कफी मागिरहेको छ तर हामी मागको तुलनामा अत्यन्तै न्यून मात्रामा कफी उत्पादन गरिरहेका छौँ । किनभने नेपालका अधिकांश कफी साना किसानहरुले उत्पादन गर्छन । नेपालमा कफी स्टेटहरु छैनन् ।
कफीलाई मुल पेशा नबनाई सहायक बालीको रुपमा मात्र खेती गरीन्छ । त्यसैले मुल रुपमा नेपाली कफीलाई गार्डेन कफीको रुपमा उत्पादन गरीन्छ, जसले गर्दा गुणस्तरमा एकरुपता हुँदैन । सेतो गवारो, सिन्दुरे जस्ता रोग÷कीराले आक्रमण गर्दा समयमै सजिलै गरी उपचार अपनाउन सकिदैँन । मात्रात्मक रूपमा धेरै कफी उत्पादन गर्नका लागि आवश्यक उपयुक्त जग्गा तथा कामदारको अभाव छ । कफी सम्बन्धी अध्ययन÷अनुसन्धान गरेका विज्ञको कमी छ । राज्यले कफी सम्बन्धी नीतिगत तथा स्वामित्वका सन्दर्भमा आशातित सम्बोधन गर्न सकेको देखिन्न । किसानलाई यस क्षेत्रमा लाग्न र रहिरहन उत्प्रेरणाका ठोस कार्यक्रम भएका छैनन् । कफी प्रशोधनमा एकरूपता छैन । कफी व्यवसायीहरुमा आचार संहिताको अभाव छ ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?
कफी बोटबाट टिपीसकेपछि त्यसमा मुल रुपमा २ चिज मात्र गर्न सकिन्छ । त्यसमा भएको गुणलाई कायमै राख्न सकिन्छ वा बिगार्न सकिन्छ त्यसैले हामी सबै कफीकर्मीहरुले त्यसमा भएको गुणलाई कायमै राख्न मात्र ध्यान दियो भने नेपाली कफीको खास विशेषतालाई कायम राखी विश्व बजारमा नेपाली कफीको एउटा छुट्टै पहिचान र परीचय बनाउन सकिन्छ । उदाहरणको रुपमा ब्लु माउन्टेन (Blue Mountain)कफीलाई लिँउ जसले विश्व कफी बजारमा आफ्नो छुट्टै पहिचान बोकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी