प्रतिवन्धित भारतीय नोट सहटी प्रक्रिया अन्योलमा

प्रतिवन्धित भारतीय नोट सहटी प्रक्रिया अन्योलमा

  • मङ्लबार, मंसिर ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, मंसिर ७ ।
भारतले प्रतिबन्ध लगाएको पाँच सय र हजारको नोट सटही गर्ने बारे आरबीआइले निर्णय दिन ढिलाइ गरेका कारण सटही प्रक्रिया अन्योलमा परेको छ ।

नोट सटहीका लागि प्रक्रिया र्पुयाएर प्रयास गरे तापनि भारतबाट ठोस निर्णय आउन ढिला भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नोट सटहीको लागि प्रयास भइरहेकाले नआत्तिन समेत राष्ट्र बैंकले आग्रह गरेको छ । तर नोट सटहीका लागि भइरहेको ढिलाइका कारण अन्यौलता भने थप चुलीदै गएको छ ।

यसैबीच भारत सरकारले पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली बजारमा भारतबाट आयत हुने सामग्रीको अभाव देखिन थालेको छ ।

नोटमा लागेको प्रतिबन्धपछि सुदूरपश्चिमका पहाडी जिल्लामा भारतबाट आयत हुने सामग्रीको अभाव भएको हो । भारतसँग सीमा जोडिएका जिल्ला भएकाले बैतडीमा धेरैजसो सामान भारतबाट आयत हुने गर्दछ ।

भारतीय व्यापारीले पाँच सय र एक हजारका भारतीय नोटमा कारोबार बन्द गरेपछि आफूहरुलाई विभिन्न सामग्री ल्याउन समस्या भएको व्यपारीहरुको गुनासो छ ।

बैतडी तथा दार्चुलाका अधिकांश बजारमा भारतीय सीमावर्ती बजारबाट व्यापारीले सामान ल्याउने भएपनि नोट नचल्दा समस्या भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी