नागरिक लगानि प्रोत्साहन गर्न जलविद्युत् उत्पादन कम्पनी दर्ता

नागरिक लगानि प्रोत्साहन गर्न जलविद्युत् उत्पादन कम्पनी दर्ता

  • सोमवार, मंसिर ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, मंसिर ६ ।
जलविद्युतमा नेपाली नागरिकले लगानि गर्न मिल्ने व्यावस्था सहित सरकारले जलविद्युत् उत्पादन कम्पनी दर्ता गरेको छ ।

ऊर्जा मन्त्रालयले यसअघि ऊर्जामन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको ३७ बुँदे कार्ययोजनाका आधारमा आज कम्पनी रजिष्टारको कार्यालयमा उक्त कम्पनी दर्ता गरेको हो ।

अधिकृतपुँजी रु २० अर्ब र चुक्तापुँजी रु दुई अर्ब रहेको कम्पनि मन्त्रालयले ६१ लाख ६० हजार दर्ता शुल्क तिरेर दर्ता गरेको छ ।

कम्पनी दर्ता भएसँगै नागरिकले आफ्नो क्षमताअनुसार तोकिएका जलविद्युत् आयोजनामा लगानीका लागी बाटो खुलेको छ ।

जनतालाई सक्रियरुपमा जलविद्युत् आयोजनामा लगानी गर्ने अवसर दिन कम्पनी स्थापना गरिएको ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले जानकारी दिनुभयो । सरकारले नै विधिवत रुपमा जलविद्युत् उत्पादन कम्पनी दर्ता गरेपछि नागरिक स्तरबाट आन्तरिक लगानी बढ्ने उहाको भनाई छ ।
र्
कम्पनी दर्ता सँगै अब ऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा सन्चालक समिति गठन गरि सो समितिले प्रमुख कार्यकारी अधिकृत छनोटलगायतको प्रक्रिया सुरु गर्ने पन्थिले बताउनु भयो ।

जलविद्युत् उत्पादन कम्पनीमा नेपाली नागरिकले २७ प्रतिशतसम्म र आयोजना प्रभावित क्षेत्रका नागरिकले १० प्रतिशत लगानी गर्न पाउने छन् ।

आयोजनामा कर्मचारी सञ्चय कोषले १० प्रतिशत, नागरिक लगानी कोषले पाँच, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले चार, नेपाल टेलिकमले १०, राष्ट्रिय बिमा संस्थानले दुई प्रतिशत सेयरकारुपमा लगानी गर्न पाउने भएका छन् ।

यस्तै, कम्पनीमा ऊर्जा मन्त्रालयको २०, अर्थ मन्त्रालयको पाँच, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको पाँच, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत सेयर रहनेछ ।

कम्पनीको सन्चालक समितिमा तत्काल ऊर्जा मन्त्रालयका सचिव, अर्थ, कानुन मन्त्रालय र अन्य संस्थापक सेयर सदस्य रहने निकायका उच्च अधिकारी सम्मिलित अधिकारी रहनेछन् । समितिले केही दिनभित्रै प्रमुख कार्यकारी अधिकृत छनोटका लागि सार्वजनिक विज्ञापन गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी