सिन्धुलीका कृषकहरु जुनारबाट मनग्य आम्दानी गर्दै

सिन्धुलीका कृषकहरु जुनारबाट मनग्य आम्दानी गर्दै

  • सोमवार, मंसिर ६, २०७३
  • रुद्र बहादुर खडका

  • 6.4K
    SHARES

सिन्धुली, ६ मंसिर ।

जिल्लको वाशेश्वर गाविसका कृषकहरुले जुनार खेतिबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । जुनारको पकेट क्षेत्र बाशेश्वरको नाकाजोलिबाट बार्षिक ४ करोडको जुनार उत्पादन हुने गरेको छ । नाकाजोलीका अर्जुन प्रसाद कोइराला जुनारबाट मात्र वार्षिक ४ लाख भन्दा वढी आम्दानी गरेका छन् । उनले आफ्नो खेत तथा बारी सवैमा जुनार खनि गरेका छन् । हावापानी अनुसार जुनार खेति नै राम्रो हुने भएकाले सवै जग्गामा जुनार खेति गरेको उनले वताए ।
त्यस्तै वाशेश्वर नाकाजोलीका शेर वहादुर मगर जुनारबाट बार्षिक ९ लाख भन्दा वढी आम्दानी गर्छन् । गत वर्ष अढाई रुपैयाँ प्रतिगोटा विक्री गरेको जुनार यो वर्ष ५ रुपैयाँ देखि ६ रुपैयाँमा जुनारको बगैचा मै विक्री भएको नाकाजोलीका किसान शेरबहादुर मगरले बताए ।
त्यस्तै तिनकन्या गाविसकी देवि कुमारी ठकुरीले एक सिजनमा जुनार विक्रीबाट १५ लाखको हाराहारीमा आम्दानी गर्ने गर्छिन् । लामो समयदेखि जुनार व्यवसायमा संलग्न ठकुरीले व्यवसाय प्रति सन्तुष्ट रहेको बताए ।
सिन्धुलीमा पछिल्लो समयमा जुनार खेति गर्ने कृषकहरुको संख्या वढ्दै गएको छ । आफ्नै गाउँमा केही गर्ने सोँचका साथ युवाहरु पनि अहिले जुनार खेतिमा लागेका छन् । युवा जनशक्ति गाउँमै भएकाले जिल्लामा जुनार खेतिको विस्तार वढ्दै गएको जुनार विकास संघ सिन्धुलीका उपाध्यक्ष कृष्ण प्रसाद गौतमले वताए । ‘अन्य जिल्लाका युवाहरु विदेश पलायन भईरहेको अवस्थामा सिन्धुलीका युवाहरु आफ्नै ठाउँमा केही गर्ने सोचमा जुनार खेतिमा लागेका छन, उनले भने ‘यसरी युवा जनशक्तिलाई आफ्नै ठाउँमा परिचालन गर्न सके गाउँको पनि विकास हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी