चोभारमा सुरु भयो पुष्प तथा फलफूल थोक बजार निर्माण

चोभारमा सुरु भयो पुष्प तथा फलफूल थोक बजार निर्माण

  • आइतवार, मंसिर ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

मंसीर ५ काठमाण्डौं । नेपाल सरकारले काठमाडौंको चोभारमापुष्प तथा फलफूलथोक बजारको निर्माण सुरु गरेको छ । कृषिविकास मन्त्रीगौरीशंकर चौधरीले मंसिर ५ गते उक्तबजारको शिलान्यास  गर्नु भयो ।
व्यवसायिक कृषितथाव्यापार आयोजनाको सहयोगमा सरकारले उक्तबजार निर्माण गर्न लागेको हो । बजार क्षेत्र२४ दशमलव७५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

बजार कालीमाटी फलफूलतथा तरकारी बजारको स्वामित्वमा रहने छ । बजार १३ महिनाको अवधीमा सम्पन्नगर्ने निर्माण व्यवसायी सेवाप्रदायक संस्थामहादेव खिम्ती,—समसुज्जामन—एनके संयुक्त उपक्रमले जनाएको छ ।
यस बजारमा पाँचतले फलफूल बजारका लागि दुई वटा ब्लक निर्माण गरिने छ । ती भवनमा ८० वटा थोक पलस रहने छन् । भवनको भूमिगत भागमा हलुका सवारी साधनपार्किङस्थल रहने छ । त्यसमा ५० वटा गाडी अट्नेछन् ।
यसैगरी अर्को तीनतले भवनमा सातवटा फूलपसल रहने छन् भने दुईवटा कोल्डरुम तथाचमेनागृह रहने छन् । सो भनवको पहिलो तलामा प्रशासनिक इकाइ, व्यवस्थापकको कार्यकक्षतथा मिटिङ हल रहने बजारको विष्तृत डिजाइनमा उल्लेख छ ।
तेस्रो स्थानमादुईवटा बजार टहरा निर्माण गरिने छन् । ती टहराभित्र २५ वटा थोक पसल रहने छन् ।
यस बजारस्थलमा ३० मेट्रिक टन क्षमताको धर्मकाँटा, एउटा फलफूलपकाउने कक्ष, कोल्ड रुम, प्रयोगशाला, सूचनाकक्षआदिको व्यवस्था गरिनेछ ।

chaudhari
उक्त बजारस्थल समयमै सम्पन्नभई बजार प्रवद्र्धनका सहयोग पुग्ने सबै वक्ताहरुले आशाव्यक्त गरे । समयमै बजार निर्माण गरी जनतालाई सेवाप्रदानगरिने व्यवसायिक कृषितथाव्यापार आयोजनाका आयोजना निर्देशक डा. गोविन्द प्रसादशर्माले बताउनु भयो ।
कार्यक्रमलाई मन्त्रालयकानिमित्तसचिवइश्वरप्रसाद रिजाल, प्रवक्ता योगेन्द्रकुमार कार्की, कालीमाटीबजारका सञ्चालक समितिका अध्यक्षतथा कृषिमन्त्रालयका सहसचिव काशीराज दाहाल लगायतले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा सबै अतिथीहरुलाई आयोजना निर्देशक डा. गोविन्द प्रसाद शर्माले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालकको भूमिका आयोजनाका प्राविधिक सल्लाहकार डा. प्रभाकर पाठकले गर्नुभइको थियो । कार्यक्रम निमित्त सचिव रिजालको अध्यक्षतामा आयोजना गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी