नेपालकै लगानीमा फास्ट ट्रयाक र निजगढ विमानस्थल निर्माण हुने

नेपालकै लगानीमा फास्ट ट्रयाक र निजगढ विमानस्थल निर्माण हुने

  • आइतवार, मंसिर ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ ,५ मंसिर ।

संसदीय समितिले फास्ट ट्रयाक र निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल नेपाल सरकारकै लगानीमा निर्माण हुनुपर्नेमा जोड दिएको छ ।

सिंहदरवारमा आज विकास समिति र अर्थ समितिको संयुत्त बैठकले काठमाडौं तराई ÷मधेस जोड्ने दूतमार्ग (फास्ट ट्रयाक) निर्माणका बिषयमा सरोकारवाला पक्षसँग छलफल गरी आफैले निर्मार्ण गर्नपर्नेमा जोड दिएको हो ।

समितिले आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई बोलाएर फास्ट ट्रयाककाबारेमा जानकारी लिएका थिए ।

बैठकमा बोल्दै मन्त्री लेखकले सरकारले नै ‘फास्ट ट्रयाक’ निर्माण गर्ने प्रतिबद्धता दोर्होयाइएको छ । भारतीय कम्पनीसँगको निर्माण सम्झौता तोडिएपछि सरकारलाई आफ्नै लगानीमा फास्ट ट्रयाक बनाउने बाटो खुलेको छ ।

मन्त्री लेखकले फास्ट ट्रयाकसम्बन्धी राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा गठन भएको उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएपछि फास्ट ट्रयाक निर्माण अगाडि बढ्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी