भारतीय प्रतिबन्धित नोट सटहिका लागी दुईदेशले बनाए समिति

भारतीय प्रतिबन्धित नोट सटहिका लागी दुईदेशले बनाए समिति

  • शुक्रबार, मंसिर ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, मंसिर ३ ।

भारतीय प्रतिबन्धित नोट व्यावस्थापन गर्न नेपाल र भारतले छुट्टाछुट्टै सकिति बनाएका छन् ।

नेपालमा रहेको भारतीय ५०० र एक हजारको नोट साट्ने ‘मोडालिटी’ तयार पार्न दुईदेशले छुट्टाछुट्टै समिति बनाएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताउनु भयो ।

भारु सटहीको मोडालिटी बनाउन नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैैंकर्स संघका अध्यक्ष र राष्ट्र बैंक बैकिङ विभाग प्रमुख सदस्य रहेको समिति नेपालले बनाएको छ ।

भारतले पनि नेपाल र भुटानमा रहेको ५ सय र १ हजार नोट साट्ने मोडालिटी बनाउन समिति बनाएको पौडेलले बताउनु भयो । दुबै देशले भारु व्यवस्थापनका लागि तत्परता दिएको भन्दै छिट्टै समस्या समाधान हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंक उच्चस्रोतले सर्वसाधारणले कानुनीरुपमा २५ हजारसम्म राखेको भारु साट्न सकिने भएपनि त्योभन्दा बढी भारु भने साट्न भारतलाई दबाब दिन नसकिने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी