नेपाल र भुटानमा रहेका नोट साट्नबारे भारतमा छलफल

नेपाल र भुटानमा रहेका नोट साट्नबारे भारतमा छलफल

  • बिहिबार, मंसिर २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,२ मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा नेपालमा रहेका प्रतिबन्धित भारतीय नोट व्यास्थापनबारे भारतले छलफल सुरु गरेको छ ।

नेपाल सँगै छिमेकी मुलुक भुटानमा रहेका नोटको पनि एकैपटक व्यावस्थापन गर्ने उदेश्यले त्यहाँको अर्थमन्त्रालय स्तरमा छलफल भईरहेको भारतीय अधिकारीहरुले नेपाली पक्षलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोटिसँग सो बिषयमा टेलिफोन वार्ता गरेलगत्तै भारतले नेपाल र भुटानमा रहेका भारतीय प्रतिबन्धित पाँच सय र एक हजारको नोट साट्ने विषयमा छलफल सुरु गरेको हो ।

नोट व्यवस्थपनका लागि कस्तो मोडालिटी बनाउने भन्ने बारे छलफल भईरहको केन्द्रित छ ।

नेपाल राष्ट्र बैंकले पनि रिजर्भ बैंक अफ इन्डियसँग समन्वय गरिरहेकाले भारतले एउटा समिति गठन गरी सो समितिको प्रतिवेदनको आधारमा निर्णय लिने अधिकारीले बताएका छन् ।
भारतका लागि नवनियुक्त राजदूत दीपकुमार उपाध्यायले भारतीय नागरिक सरह नेपाली नागरिकलाई पनि नोट साट्ने व्यवस्था हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी