कम्पनीका संचालकबाटै सेयरबजारका गोप्य सूचना बाहिरिन्छ

कम्पनीका संचालकबाटै सेयरबजारका गोप्य सूचना बाहिरिन्छ

  • बिहिबार, मंसिर २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, मंसिर २ ।

सेयरबजारमा गोप्य सूचना चुहाउँने कार्य स्वयम कम्पनि संचालकहरुनै रहनेगरेको देखिएको छ । जसका कारण सेयर कारोबार प्रभावित हुने गरेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका संचालकले नै ‘आफन्त’ लाई गोप्य सूचना चुहाउने गरेको दाबी स्रोतको छ ।

सूचीकृत कम्पनीका संचालक समिति बैठक प्रायः सेयर कारोबार भइरहेकै बेला बस्छ । बैठक चलिरहेकै बेला सूचीकृत कम्पनी संचालक ट्वाइलेट जान्छन् र सुटुक्क आफन्तलाई सूचना दिएर सेयर किनबेच गराउँछन् ।

सूचीकृत कम्पनी संचालकबाट उत्साहजनक सूचना पाउनेले सेयर किन्न थाल्छन्, निराशाजनक निर्णय भएको सुइँको पाए बेच्न थाल्छन् ।

पछिल्लो पटक एभरेस्ट बैंक र नेसनल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा यस्तै चलखेल भएको खुलेको नागरिक दैनिकमा खबर छ । गोप्य सूचना चुहिएकै आधारमा दुई कम्पनीको सेयर माग एकैछिनमा आकासिएको एक लगानीकर्ताले बताए ।
बुधबार संचालक समितिको बैठक बसिरहेको बेला एभरेस्ट बैंकले बम्पर लाभांस घोषणा गर्दैछ भन्ने सूचना सेयर बजारमा चुहियो । गोप्य सूचना सार्वजनिक हुनेबित्तिकै सेयर माग बढ्यो, माग बढेपछि मूल्य पनि बढ्यो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि मंगलबारको कारोबार अघि नै गोप्य सूचना सार्वजनिक भएको लगानीकर्ता बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी