१५ करदाता सम्मानित

१५ करदाता सम्मानित

  • बुधबार, मंसिर १, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

 मंसीर १ काठमाण्डौं । आन्तरिक राजस्व विभागले कर दिवसका अबसरमा आज विभिन्न विधाका १५ उत्कृष्ट करदातालाई पुरस्कृत गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा विभागले सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल प्रालि, निर्यात कम्पनीका तर्फबाट बढी कर तिर्ने डाबर नेपाल, बढी कर तिर्ने विशेष उद्योग युनिलिभर नेपाल र पशुपंक्षीजन्य उद्योगका तर्फबाट ओम सावर फिड इन्डस्ट्रिजलाइ पुरस्कृत गरेको हो ।
त्यस्तै बढी कर तिर्ने राष्ट्रिय सहकारी बैंक, छिमेक लघुवित्त कम्पनी, नबिल बैंक, लाइफ इन्सुरेन्स कर्पोरेसन तथा आइएमई लिमिटेड पनि पुरस्कृत भएका छन् ।
पर्यटन व्यवसायबाट तारा गाउँ रिजेन्सी होटल, व्यापार व्यवसायबाट सिप्रदी ट्रेडिङ लिमिटेड, साना करदातामध्येबाट सिवेक अस्पताल प्रालि, व्यक्तिगत मध्येबाट सिद्धार्थशम्शेर जबरा र कर कार्यालयमा दर्ता भएपछि हालसम्म सबैभन्दा बढी कर तिर्ने नेपाल दूरसञ्चार कम्पनी पनि पुरस्कृत भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी