प्रधानमन्त्रीद्धारा पुनरनिर्माणमा भइरहेको ढिलाईबारे लिखित स्पगटीकरण माग

प्रधानमन्त्रीद्धारा पुनरनिर्माणमा भइरहेको ढिलाईबारे लिखित स्पगटीकरण माग

  • मङ्लबार, कार्तिक ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ३० कार्तिक ।
सरकारले भुकम्पपछिको पुनर्निर्माणमा भईरहेको ढिलाईबारे पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञावालीसँग स्पष्टीकरण माग गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावितलाई दिईने भनिएको पहिलो किस्ताको अनुदान वितरण र पुनरनिर्माणमा भईरहेको ढिलाईबारे आगामी आईतबारसम्म लिखित स्पष्टीकरण दिन ज्ञावालीलाई निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्री भएलगत्तै ४५ दिनभित्र पहिलो किस्ताको अनुदान वितरण गरिसक्ने घोषणा गर्नुभएका दाहालले कार्यन्वयनमा ढिलाई भएपछि ज्ञवालीसंग स्पष्टीकरण सोध्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

पहिलो किस्ताको अनुदान रकम किन वितरण हुन सकेन ? पुननिर्माणका के कारणले ढिलाई भएको हो । आगामी आईतबारसम्ममा लिखित जवाफ दिनुहोला ।’ दाहालको भनाई थियो । सरकारले पुनर्निर्माणलाई प्राथमिकतामा राखेपनि प्राधिकरणले योजना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री दाहाल ज्ञवालीप्रति असन्तुष्ट हुनुहुन्छ ।

जवाफमा सीईओ ज्ञवालीले कर्मचारीको असहयोगका कारण आफुले काम गर्न नसकेको गुनासो गर्नुभएको थियो । प्राधिकरणका अधिकांश कर्मचारीको असहयोगका कारण सोचेजति काम गर्न नसकेको ज्ञवालीको भनाई थियो ।

स्पष्ट कार्ययोजना सहित प्राधिकरणको निर्देशक समिति वैठकमा प्रस्तुत हुन समेत प्रधानमन्त्रीले ज्ञवालीलाई निर्देशन दिनुभएको छ । निर्देशक समिति वैठक आगामी साता बस्दैछ ।

भूकम्प प्रभावित जिल्लाका १ लाख ७ हजार पीडितले अनुदान बापतको पहिलो किस्ता ५० हजार रुपैयाँ समेत पाउन सकेका छैनन् । ऐतिहासिक सम्पदा लगायत पुननिर्माणमा समेत सरकारी उपस्थिती प्रभावकारी देखिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी