न्यौपाने भन्छन् :कैलालिका कृषकले उचित मूल्यमा धान बेच्न पाएनन् सरकार

न्यौपाने भन्छन् :कैलालिका कृषकले उचित मूल्यमा धान बेच्न पाएनन् सरकार

  • सोमवार, कार्तिक २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ ,२९ कार्तिक ।

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सरकारले कैलालीका कृषकको धान विक्रिको वातावरण बनाइदिन आग्रह गर्नुभएको छ ।
संसदको आजको विशेष समयमा बोल्दै न्यौपानेले कैलालीका धान कृषकले धानको राम्रो मूल्या पाउन नसक्दा धान कृषक मारमा परिरहेकाले धान विक्रिको वातावरण बनाइदिन सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

सांसद न्यौपानेले ५२ सय प्रति क्वीन्टलमा धान खरिद गरेका कृषकले अहिले १७ सय प्रति क्वीन्टलका दरले धान बेच्न बाध्य भैरहेकाले कैलालीका धान कृषक अहिले मारमा परिरहेकाले सभामुख मार्फत यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)की सांसद दुलारी हरीजनले संविधानमा नै जातीय छुवाछुत अन्त्य भएको भनिएको अवस्थामा जातीय छुवाछुत बढिरहेकाले उनीहरुलाई कानुनी दायरामा ल्याउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी